भर्चुअल बैठकमार्फत उपत्यकाको निषेधाज्ञाको समीक्षा हुँदै

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्ने वा अझ कसिलो गर्ने विषयमा छलफल हुँदैछ ।

भदौ ३ गतेदेखि जारी निषेधाज्ञा पटकपटक  थप्दै भदौ २४ गतेसम्म पुर्याइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उपत्यकाका मेयर फोरम, उद्योग व्यवसायी, यातायात प्रतिनिधि र चिकित्सकसहितले भर्जुअल बैठक मार्फत आज छलफल हुँदैछ ।

मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु लगायतको भर्चुअल संवाद हुँदैछ ।

 बुधबार रातिसम्म लम्ब्याइएको उपत्यकामा जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिन उहाँहरु छलफलमा जुट्न लाग्नुभएको हो ।

यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने रायअनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।