पाँचथरको २ वटा स्थानमा विओपी पोष्ट स्थापना

पाँचथर । पाँचथरको चिवा भन्ज्याङ र भैसेमा बिओपी पोष्ट स्थापना गरिएको छ ।

भारतसँग सीमाना जोडिएको त्यस क्षेत्रमा सीमा सुरक्षा बल (बीओपी) विहीबार स्थापना गरिएको हो ।

याङवरक गाउँपालिका वडा नम्बर १ स्थित चिवा भञ्ज्याङ र फालेलुङ गाउँपालिका ५ स्थित भैंसेमा बीओपी स्थापना गरिएको हो ।

प्रदेश १ सांसद सिता थेवेको प्रमुख आतिथ्यतामा चिवा भञ्ज्याको बीओपी उद्घाटन गरिएको हो ।

उद्घाटन पछि बोल्दै सांसद थेवेले यस क्षेत्रमा राखिएको विओपी पोष्टले सीमा सुरक्षाको निगरानीको निम्ति महत्पूर्ण काम गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रहरी सहायक निरीक्षक जसबहादुर प्रधानको कमाण्डमा १८ जना सशस्त्र प्रहरीको टोली चिवाको बीओपीमा राखिएको छ भने प्रहरी सहायक निरीक्षक युवराज तिम्सिनाको कमाण्डमा १८ जनाको टोली भैंसेमा खटाइएको सशस्त्र प्रहरीका डीआईजी वंशीराज दाहालले बताउनुभयो ।

जिल्लामा जम्मा ४ ओटा बीओपी स्थापना गरिने भएको छ । जसमध्ये दुई बीओपी स्थापना गरिएको छ । डीआइजी दाहालका अनुसार १ नम्बर प्रदेशमा ३० ओटा स्थापना भइसकेका छन् । अब २२ ओटा बीओपी स्थापनाको चरणमा छन ्। ‘

 बीओपी स्थापना भएपछि सिमाक्षेत्र लगायत जिल्लावासी हर्षित भएका छन् । यस क्षेत्रमा वढिजसो चोरी निकासी र सीमा अतिक्रमण हुने गरेको थियो । अव विओपी स्थापना पछि यस्ता घटनामा कमी आउने याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरले बताउनुभयो ।