जनउद्धार केन्द्र मलेसियाले अस्पतालमा आर्थिक अभाबले डिस्चार्ज हुन नसकिरहेका धनकुटा जिल्ला राजारानि का नन्दकुमार लिम्बूको उद्वार गरि स्वदेश फिर्ता गराएको छ ।

काम गर्ने कम्पनी अगाडी अचान ढलेका उनि पेनाङ स्थित जनरल हस्पिटलमा १० दिन सम्म उपचार को लागि भर्ना भएका थिए । लिम्बूको उपचार खर्च धेरै आएको हुदा जनउद्धार केन्द्र मलेसियाको पहलमा केहि प्रतिसत हस्पिटलको उपचार खर्च मिनाहा गराएइ अवस्यक कानुनी कागजात तथा प्रक्रिया पुर्याइ आज बिहान ७:५५ बजे हिमालयन एअरलाइन्स को चार्टड उडान मार्फत नेपाल फिर्ता गराएको छ।
हिड्न नसक्ने अबस्थामा रहेका नन्दकुमारको सहयोगि को रुपमा मोहन सुब्बा लाइ समेत जापान घुम्टे युवा परिवार जापान साखा को पहलमा बाग्लुङ गल्कोटकबासीले जनउद्धार केन्द्र मलेसियाले अत्यन्तै सराहनीय काम गरेको भन्दै पठाएको सहयोग रकम बाट हवाइ टिकट उपलब्ध गराइ बिरामीको साथमा पठाएको छ।
बिरामीलाइ फिर्ता गराउन पेनाङ्ग देखि क्वालालम्पुर केन्द्रका कोषाध्यक्ष देबेन्द्र गिरि अध्यक्ष केशु थापा बिमानस्थल सम्म आएका थिए । अध्यक्ष थापा का अनुसार कागजी र प्रसासनिक काम को लागि नेपाली राजदूतावास मलेसिया तथा अध्यागमन लगाएत विभिन्न ठाउमा लाग्ने खर्च मोहन सुब्बा लगाएत बिरामी नन्दकुमार का साथीहरू र आफन्तजनले समेत सघाउ पुर्याउनुभएको बताउदै नन्दकुमार लाई कुनैपनी हालतमा घर फर्काउने संकल्प लिएका थियौ अस्पताल , अध्यागमन लगाएत विभिन्न निकायहरुमा धाउदा पाएको सास्ति आज उनलाई बिमान्स्थल प्रबेश गराएर फर्कदा सबै भुलेको बताए।




















