गैरआवासिय नेपालि संघ मलेसियाले संघ भित्रको विवादित बिसयमा समिक्षा तथा भाबि कार्ययोजना तर्जुमाको लागि गैरआवासीय नेपालि संघ मलेसिया को केन्द्रीय कार्यलयमा एक साधारण सभा सम्पन्न भएको छ ।
संघ का अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा बसेको साधारण सभामा संघमा रहेको उपाध्यक्ष सुन्दर आले र अध्यक्ष भट्टराई बिचको विवाद टुंगोमा पुर्याउन छलफल भएको थियो । भेलामा उपाध्यक्ष आले ले आगामी दिनमा संघको गोपनियता भङ्ग नगर्ने भन्दै परि परिआएका समस्या संघमा छलफलमा ल्याउने सहमति गर्दै आले विरुद्ध अध्यक्ष भट्टराईले प्रहरि लाइ दिएको उजुरी फिर्ता विषयमा छलफल भएको थियो ।
आज सम्पन्न साधारण सभामा संघमा परेका राजीनामा स्विकृत गर्नु का साथै कोभिड१९ को बन्दको कारण नेपाल फर्किएका मलेसिया आउन असमर्थ भएका तथा निष्क्रिय ६ साधारण सदस्य लाइ निस्कासित गरेको छ। निस्कासित हुने हरुमा योगेन्द्र कोइराला ,इन्द्र नारायण लिम्बु ,इन्द्र कुवर ,राम कृष्ण कार्की ,माधब भुसाल र गोभिन्द साउद रहेका छ्न। आजै इस्वर राइ ,दिपेस गौलि र इस्वर श्रेष्ठ ले रिक्त सदस्य पद ग्रहण गरेका थिए।
कोभिड-१९ को कारण मलेसिया तथा खाडि मुलुक मा अफ्ठेरोमा परेका नेपालीहरुलाई सहयोग पुगोस भन्ने उदेश्यले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (International Labor Organization) ILO बाट प्राप्त हुने ५ करोड ९० लाख मध्य मलेसिया को लागि आउने बजेटले कसरी धेरै सङ्ख्यामा अफ्ठ्यारोमा परेका श्रमिकहरुलाइ सहयोग पुर्याउन सकिन्छ भन्ने बिसयमा समेत छलफल भएको थियो ।




















