काठमाडौं := ‘म डाक्टर/नर्स हुँ। म अस्पतालमा काम गर्छु। मलाई जुन सुकै बेलामा पनि को’रोना सं’क्रमण हुन सक्छ। हाम्रा बारेमा वि’रोध गर्नु वा हाम्रो सेवा लिनु तपाईंको रोजाइ हुन सक्छ । हामीलाई घरबाट नि’काल, टोलबाट निका ल, अस्पतालबाट पनि नि’काल। अनि तिमी बि’रामी हुँदा कहाँ आउँछौ ? बि’रामी त हामी पनि पर्दैछौं। मृ,त्युलाई ह’त्केलामा राखी तिम्रो उपचार गर्दैछौं।
को’रोनाबाट त बाँचि’एला तर तिम्रो दु,र्व्यवहारबाट मलाई कसले ब’चाउने ?’ आफूहरु माथि भइरहेको दु,र्व्यव’हार बारे चिकित्सक तथा स्वास्थ्य कर्मीले अहिले सामाजिक सञ्जालमा यसरी गुनासो गरिरहेका छन् । स्वास्थ्य कर्मीबाट को’रोना संक्रमण फैलन्छ भन्दै उनीहरु माथि दु,र्व्यवहार हुन थालेपछि एक किसिमको त्रा,स फै’लिएको छ।
शनिबार मीनभवन स्थित सिभिल अस्पतालमा कार्य रत चिकित्सक तथा स्वास्थ्य कर्मी बस्ने एक हो’स्टलमा स्थानीयले घे’राउ गरे। स्वास्थ्य कर्मीबाट को’रोना सर्ने भन्दै होस्टल सञ्चालक माथि दु,र्व्यवहार भयो । चिकित्सक तथा नर्सहरुलाई होस्टलमा नराख्न स्थानीयले चेतावनी दिए। त्यसअघि चितवनका डाक्टर विश्व बन्धु बगाले माथि पनि दु,र्व्यवहार भयो। उनी को’रोना सं’क्रमित भएपछि ‘को’रोना संक्रमित बस्ने घर’ भन्दै स्टिकर टाँ’स्नेसम्म प्रयास भयो।
चितवनकै रत्ननगर स्थित एक प्रयोगशालामा स्वाब संकलन गर्ने एक प्राविधिकलाई सामाजिक रूपमा अपहेलित गरिएको थियो। उनलाई को’रोना संक्रमण भएको थिएन तर पनि स्थानीयले घरमा बस्न नदिएपछि उनी २९ साउनमा होटलको सहारा लिन पुगेका थिए ।गत वैशाखमा जाजरकोटमा पनि स्वास्थ्य कार्यालयमा काम गर्ने स्वास्थ्यकर्मी माथि दु,र्व्यवहार भयो। पर्सामा पनि स्वास्थ्यकर्मी तथा चिकित्सक माथि दु,र्व्यहारको घटना भएको छ।
वीरगन्ज–२ छपकैयाकी २० वर्षीया युवतीको २४ साउनमा मृ,त्यु भएपछि त्यसैको आ’क्रोशमा मृ,तकका आफन्त र स्थानीयले २५ साउनमा नारायणी अस्पतालमा प्रद’र्शन गरेका थिए। प्र’दर्शनका क्रममा अस्पताल भित्र तो’डफोड समेत भएको थियो। प्र’दर्शनकारी ले अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहको निजी कारको सिसा फु’टाए । अस्पतालका मेसु र डाक्टर वि,रुद्ध ना,राबाजी पनि गरे ।
चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएका दु,र्व्यव’हारका यी केही उदाहरण मात्र हुन्। पछिल्ला दिनमा स्वास्थ्यकर्मीलाई घरबेटीले कोठा छो’ड्न द’बाब दिने, अस्पतालका आइसोलेसन तो,डफो’ड गर्ने लगायत घटना बढ्दै गएका छन् । को’रोना वि’रुद्धको लडा इँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी माथि भइरहेका दु,र्व्यव’हारका कारण उनीहरुको मनोबल घटेको भन्दै नेपाल चिकित्सक संघले चिन्ता व्यक्त गरेको छ।




















