बारा:= दुई नम्बर प्रदेशमा पर्ने बारामा कोरोना सङ्क्रमित गर्भवती महिलासहित २ जनाको ज्यान गएको छ।
बाराको हर्दिया -४ की २३ वर्षकी गर्भवतीलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि सोमबार वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।
भर्ना पश्चात उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको पीसीआर प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ।
त्यस्तै नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुषको गएराति ज्यान गएको छ।उनमा निमोनियाको समस्या थियो । उनको पीसीआर परीक्षण पाेजेटिभ आएपछि कोभिड अस्पतालमा सार्ने तयारी गर्दा ज्यान गएको अस्पतालले जनाएको छ।



















