पान्थरमा रहेको मि:लुङ झरना अतिक्रमण विरुद्ध बाँस कबिहरु आन्दोलनमा

निसुम शुक्र चङ्बाङ

हरेक अन्यायको बिरुद्धमा बाँस साहित्य , हरेक उत्पीडनको पक्षमा बाँस साहित्य भन्ने नारा सहित यति बेला बाँस साहित्यका बाँस कबिहरु आन्दोलित छन ।
ताप्लेजोङमा अवस्थित याक्थुङ लिम्बुहरुको एतिहासिक धार्मिक स्थल मुक्कुमलुङलाई सरकारले हिन्दुकरण गरि पाथीभरा बनाउदै त्यहाँ स्थित भौतिक संरचनामा समेत अतिक्रमण गर्न लागेकोमा आपत्ति जनाउदै यो भन्दा अगाडी पनि आन्दोलनको रुपमा बाँस कबिहरुले मुक्कुमलुङ अतिक्रमण बिरुद्द एकै समयमा एकै साथ ब्यानर सहित सामाजिक सञ्जाल फेसबुकमा बाँस कबिता पोस्ट गरेर मुक्कुमलुङ अतिक्रमणको बिरोध जनाएका हुन ।

फेरि पनि पान्थरको हिलिहाङ गाउँ पालिकामा रहेको याक्थुङ लिम्बुहरुको एतिहासिक अस्तित्व बोकेको मि:लुङ झरनालाई राज्य द्वारा परिचालित केही पत्रकार र हिलिहाङ गाउँ पालिकाका केही कर्मचारीहरु द्वारा मनोमानित ढंगले मृदुङ्गा झरना भनी प्रचार प्रसार गरि मि:लुङ झरनालाई मृदुङ्गा भनी अतिक्रमण गर्न लागेको भन्दै बाँस साहित्यका अभियान्ताहरु बाँस कबिताको साथमा आन्दोलनमा उत्रेका हुन् ।

बाँस साहित्य एक साहित्यिक आन्दोलन हो । यसले केन्द्रियता , साहित्यिक सामन्तवाद , साहित्यिक सिण्डिकेटको विरुद्धमा डिजिटल बाँसको खोजी गर्दछ भन्दै यसै अनुरुप बाँस साहित्यका बाँस कबिहरुले भदौ ५ गते बेलुकी को ५ बजे बाट अर्को सुचना नआए सम्म निरन्तर बाँस कबिता मार्फत मि:लुङ झरना अतिक्रमणको बाँस कबिता मार्फत बिरोध गरि रहने बताएका छन ।