सर्लाही । पछिल्ला केही दिनदेखि स्थानीय स्तरमा संक्रमणको अवस्था भयावह बन्दै गएपछि सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज बिहानैदेखि अनावश्यक हिड्डुलमा कडाई गरिएको छ । सुरक्षा प्रमुख तथा सुरक्षाकर्मीहरुलाई लिएर ईश्वरपुर नगरपालिकाका प्रमुख (मेयर) मनोज देवकाटा आफै अनावश्यक रुपमा हिड्डुल गर्नेलाई घरमै बस्न, लुकिछिपी खोलिएका बजारका पसल व्यवसाय बन्द गराउन र जथाभावी चलाईएका सवारी नियन्त्रणमा लिन खटिनु भएको छ ।
समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै गएपछि ईश्वरपुर बजार क्षेत्रमा अझै एक हप्ता अनावश्यक हिड्डुलमा कडाई गरिने मेयर देबकोटाले जानकारी दिनुभयो ।
कडाई गरिएपछि बिहानैदेखि ईश्वरपुर क्षेत्र सुनसान देखिएको छ । केही दिन पहिले बरहथवा नगर प्रमुख देवानन्द महतो पनि यसरी बजार बन्द गर्न हिड्नु भएको थियो ।




















