सुनसान बनेको उपत्यकाको सडक (फोटोमा हेर्नुहोस्)

काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरेपछि  बिहीबार यहाँका सडक सुनसान देखिएका छन् । 

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सवारी साधन तथा सर्वसाधारणलाई हिड्डुलमा समेत रोक लगाएको छ ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लागु गरिएको छ ।

निषेधाज्ञाका कारण बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरको जनजीवन ठप्प प्रायः छ । 

अत्यावश्यक सेवाबाहेक सवारी साधन चलेका छैनन् ।