रौतहटमा मन्दिरको पुजारीको गोली हानी हत्या।

काठमाडौं:= प्रदेश नम्बर २ को रौतहट जिल्लामा बुधबारको दिन एक मन्दिरका पुजारीको गोली हानी हत्या भएको छ।

रौतहट प्रहरीका अनुसार जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ स्थित खेस्रैया बजारमा रहेको हनुमान मन्दिरका पुजारी राम साहको ‘अज्ञात समूहले गोली हानेर हत्या गरेको हो।’ अहिले सबैतिरबाट हत्याराको खोजीमा प्रहरी लागेको छ तर अहिलेसम्म आक्रमणकारीबारे केही जानकारी प्राप्त भएको छैन।’

पुजारी साहमाथि खाना खाइरहेका बेला राती करिब ९ बजे गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। गोली लागेर साहको घटनास्थलमै निधन भएको प्रहरीले जनायो। प्रहरीका अनुसार गोली कसले किन चलायो भन्नेबारेमा केही खुलेको छैन।