काठमाण्डौ:= सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेपछि घर फर्कन विमानस्थल पुगेका नेपालीहरु थप अन्योलमा परेका छन्। यूएईमा नेपाल एअरलाइन्स मार्फत स्वदेश फर्कन विमान स्थलमा पुगेका नेपालीहरु जहाज रित्तै फर्किएपछि अलपत्र परेका छन् । सरकारको यो निर्णयको श्रमिकहरुले बिरोध गरिरहेका छन् ।
को’रोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौं नेपाली स्वदेश फर्कन पाएनन् । समयमा घर फर्कन नपाउँदा नेपालीहरु विभिन्न सम’स्यामा परे । समस्यामा परेका र घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि सरकारले गएको जेठ ३२ गतेदेखि चार्टर्ड उडानहरु सञ्चालन गरेको थियो ।
यस अवधिमा ५१ हजारभन्दा धेरै नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कि सकेका छन् । सरकारले आइतबारदेखि पाँचौं चरणको उद्धार उडान तालिका सार्वजनिक गर्यो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडान लाई अनुमति दिएको थियो । यी उडानबाट झण्डै ७ हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो ।
तर सोमबार साँझ क्वरेण्टीनको उचित व्यवस्थापन नभएको भन्दै सीसी एमसीले एक्कासी तय भएका उडानहरु रद्द गरिदिएपछि विमानस्थल मै पुगका नेपाली अ’लपत्र परेका छन् भने घर फर्कन टिकट काटेर झोला प्याक गरिसकेका नेपाली अलमलमा परेका छन् ।महिनौंपछि घर फर्कन पाइने खुसीमा बादल छाएको छ । उनीहरु थप तनाबमा परका छन् ।
अब के होला ?
अब उडान के होला ? काटेको टिकट र विमानस्थलमा पुगेका नेपालीलाई परेको मारको क्षतिपूर्ति कसले व्यहोर्ला ? यस्तै जिज्ञासा र आक्रोश परदेशी नेपालीहरुले अहिले पोखिरहेका छन् । यस विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने संस्कृति पर्य टन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो ।
अहिले काठमाण्डौ उपत्यकामा पनि को;रोनाको जोखिम बढेको र सरकारले विदेशबाट ल्याइएका नेपालीलाई काठमाण्डौमै क्वरेण्टीनमा राखेर कोरोना सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्रै घर पठाउने निर्णय गरेकाले पनि उडान स्थगितगर्नु परेको उहाँको भनाइ छ । ‘विदेशबाट आएकालाई काठमाण्डौमा नै राख्ने निर्णय भइसकेको छ, तर काठमाण्डौ उपत्यकामा कोरोनाको जोखिम पनि बढेको छ, अनि यहाँ अहिले क्वरेण्टीनको पनि उचित व्यवस्थापन भएको छैन’ सहसचिव लामिछानेले भन्नुभयो, ‘अब यसबाट पर्न गएको असुबिधालाई मध्यनजर गर्दै छिट्टै अर्को निर्णय हुन्छ, सरकार छलफल गरिरहेको छ ।’ अ
हिले नेपालमा कोरोना जोखिम बढ्दै गएपछि पालिकाहरुले पनि निषेधाज्ञा गर्ने क्रम बढ्दो छ । को’रोनाको जो’खिम पनि दिनहुँ बढिरहेको अवस्थामा विदेशबाट घर फर्कनेको उचित व्यवस्थापन नहुँदा झन जोखिम बढ्ने भएकाले उडान स्थगित गरिएको भनिए पनि विदेशमा महिनौंदेखि समस्यामा रहेका नेपाली विदेशमा झन् जोखिममा परेका छन् ।




















