काठमाडौं := टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।
कुमार चिमोरियाको जाहेरी,नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी,अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । ती सबैविरुद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको कसुरमा मुद्दा चलाइएको छ ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए। शुक्रबार इन्टरपोलको सहयोगमा चीनबाट बैंकक हुँदै काठमाडौं ल्याइएकी उनीविरुद्ध दायर मुद्दामा आज आदेश भएको हो। अधिकारीको हालसम्म खुलाइएको २१ करोड सम्पत्तिको स्रोत नखुलेको अवस्था छ ।



















