सर्लाही । सर्लाहीको हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालपोतका एक जना कर्मचारी समेत गरी १३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आज दिउँसोसम्म हरिवनबाट पठाइएको ४११ जनाको स्वाब परीक्षण गरेर सकिँदा १३ जनाको पोजिटिभ रिपोर्ट आएको नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनुभयो ।
संक्रमितहरुको खोजी गरी हरिवन नगरपालिका–११, बासाटोलस्थित निर्माणाधीन नगरपालिकाको भवनमा ल्याएर बेग्लाबेग्लै आइसोलेटेड गरेर राखिने नगर प्रमुख प्रसाईले बताउनु भयो ।
समुदाय स्तरमै कोरोनाको संक्रमण पाइएपछि अब थप सतर्कता अपनाउन उहाँले आग्रहसमेत गर्नुभयो ।




















