सिन्धुली समदमुकाम एकसाताका लागि लकडाउन

सिन्धुली  । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका लागि लकडाउन गरिएको छ ।

 सदरमुकामलगायत नगरका सबै नाका बन्द गर्ने गरी लकडाउन गरिएको हो । 

कमलामाई नगरपालिकाले गएको मंगलबार राति १२ बजेबाट लकडाउन गराएको हो । सिन्धुली सदरमुकाममा शनिबार र आइतबार हालसम्मकै धेरै ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार राती १२ बजेदेखि लकडाउन गरिएको कमलामाई नगरपालिका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए । 

नगर क्षेत्रका मुख्य राजमार्ग बाहेकका सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ ।