बझाङ । गाँउ नजिकैको विद्यालयमा क्यारेन्टाइन बनाएको छ । कोरना महामारीको रोकथाम र नियन्त्रणका लागि बाहिरवाट आएका मान्छेहरु विद्यालयमा राख्ने बनाएको छ । कोरनामहामारीले देश लकडाउन भएपछि सवै क्षेत्र प्रभावित भए जस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएर बालबालिकाको पढाइ ठप्प छ ।
छविसपाथीभेरा गाँउपालिका ३ गैरीगाँउ घर भएका कक्षा ३ मा पढ्ने सुरत जोशी फागुन महिना विद्यालयमा परीक्षा दिएपछि उनको पठनपाठन बन्द थियो । उनको रिजर्ट पनि आएको छैन । कोरना भाइरस र लकडाउनले विद्यार्थीहरुको पठनपाठन प्रभावित भएपछि विगत पाँच सात वर्ष अगाडी देखि जिल्लामा बालबालिकाको शिक्षा अवस्था सुधारका लागी काम गर्दै आएको प्रारम्भिकतह पढाइ कार्यक्रम परियोजनाले अहिले गाउँबस्ती टोलमा पढाइ सुचारु गर्दा बालबालिकाहरु खुशी छन् । संस्थाले बालबालिकालाई भेलागरि पढाइलाई निरन्तरता दिन थालेको छ । लकडाउको यो समयमा विद्यार्थी खाली गाँउघरमा खेतीपातीको कामगर्ने गाइ भैसी चराउन गएर दिन काट्ने गरेका थिए । तल्कोट गाउँपालिका ६ भगवती प्राविका शिक्षक प्रेम विष्टले भने अनुसार अहिले साइपाल विकास समाज अन्तरगत लागु भएको ईजिआर भन्ने परियोजनाबाट टोल टोलमा पढाइ सुचारु गरेपछि विद्यार्थीहरुको पढ्ने बानीको विकास भएको छ ।
उहाँ जस्तै शिक्षक शिव विष्टले पनि टोल शिक्षा पढाइ कार्यक्रमबाट विद्यार्थीलाई पढ्ने वानीको विकास हुनका साथै ज्ञानगुन पाएका बताउँनु हुन्छ । विद्यालयहरु बन्द र शिक्षकहरुले पनि विद्यार्थीहरुको पढाइको चाँसो चिन्ता नगरेको यो समयमा प्रारम्भिक तह पढाइ कार्यक्रमबाट टोल शिक्षा कार्यक्रम सुरुगरि विद्यार्थीको पढ्ने बानीको विकास भएको कार्यक्रमका जिल्ला संयोजक कृष्णराज रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हाम्रो संस्थाले विगतदेखि बालबालिकाको पढाइ सुधारका लागी विभिन्न कार्यक्रम गर्दै आएको थियो यो कोरोना महामारी र लकडाउनको समयमा पनि बालबालिकाहरुको पढाइलाई मध्यनजर गरि टोल शिक्षा कार्यक्रम सुरु गरेको हो ।

कक्षा एक देखि पाँचसम्म पढ्ने बालबच्चाहरु टोल टोलमा जम्मा गरेर हप्ताको एक दिन संस्थाका पढाइ उप्रेरक कर्मचारीहरुले बालबालिकालाई पढाइ लेखाइका साथै ज्ञानगुनका कुरा सिकाउँदै आएका छन् । जिल्ला भरी दुई सय बालवालिका अहिले यस्तो टोल शिक्षामा सहभागी भएका बताएको छ ।
बैशाख र जेठमा हामीले कथा वाचन, सुनाइ बोध, पढाइ बोध ,साथै अन्य शैक्षिक गतिविधि गरेर बालबालिकालाई शैक्षिक ज्ञान दियौँ पढाइ उप्रेरक माधुरी जोशीले भन्नुभयो । अहिले विद्यालयमा पुस्तक आईसके पछि किताव हेरेर पढाउने गरेका छौ । यो परियोजनाबाट टोल शिक्षा सुरुवात गरेपछि अहिले तल्कोट र साइपाल गाँउपालिकामा शिक्षकहरु पनि यो कार्यक्रममा सहभागी भएर विषयगत ज्ञान दिने गरेका छन् ।
जिल्लामा एक देखिनौ कक्षा सम्मका सबै विद्यालयमा विद्यार्थीको परीक्षा लिएको भए पनि अहिले सम्मकुनै विद्यालयले नतिजा भने प्रकाशन गरेको छैन । सुरुमा जिल्लाका दुई सय विद्यालयमा क्यारेन्टाइम बनाएको भए पनि अहिले अझै ५७ विद्यालयमा क्यारेन्टाइम रहेका छन् । विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोगमा शिक्षाका लागी खाद्यकार्यक्रम लागु भएका २ सय ८७ विद्यालयका शैक्षिक सुधारका लागी विभिन्न गतिविधि गर्दै आएको यो प्रारम्भिक तह पढाइ कार्यक्रमले अहिले जिल्लाका ३७ वटा टोल बस्तीमा टोल शिक्षा कार्यक्रम गर्दै आएको छ ।




















