काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा रोजगारीको लागि कोही नेपाली बाध्यताले विदेश जान नपर्ने गरि काम गरिरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षमै बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गरिने बताउनुभएको हो ।
‘हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुकबाहिर गएका छन् । तीन करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं । हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो । बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ ।’
सरकारले यूवाहरुको उत्थानको लागि सरकारले धेरै कार्यक्रम संचालन गररहेको जानकारी दिदैँ युवाहरुको लागि भनेर करिव ७६ अर्व जति बजेट युवाहरुको लागि छुटटाएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
देशलाई सुशासनपूर्ण विकासको रुपमा अगाडि लैजानु पर्ने आवश्यकता रहेको बताउर्दै युवाहरुलाई देशलाई समृद्धीको यात्रामा अगाडि बढाउन लाग्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।
हामीहरुले धेरै लक्ष्य प्राप्त गर्नु पर्ने रहेको बताउदै दिगो विकास प्राप्त गर्न युवाहरुको ठुलो भूमिका रहने उहाँले बताउनुभयो ।
युवाहरु राजनीतिक लयायत विभिन्न क्षेत्रमा उल्लेखनीय तरिकाले अगाडि बढेको बताउर्दै अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाउन सफल भएको प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले युवालाई अगाडि बढ्न हौसला दिँदै सरकार युवाको साथमा रहेको पनि आश्वासन दिनुभयो । ‘म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि तपाईंहरू अगाडि बढ्नुस् । सरकार तपाईंहरूको साथमा छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले युवालाई अभिभावकत्वका साथसाथै सहयोग गर्न र अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको पनि बताउनुभयो ।
सामाजिक जागरण र नीति निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै उहाँले खुसीसमेत व्यक्त गर्नुभयो । ‘बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन । उत्पादनमा सहभागिता हुने भएन । उनीहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई सक्षम बनाउनुपर्छ । सुरक्षामा ध्यान दिनुपर्छ,’ ओलीले भन्नुभयो, ‘युवाहरूको सन्दर्भमा ४० प्रतिशत युवा स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका छन् । त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन् । त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन् ।’
युवाहरु राजनीतिक लयायत विभिन्न क्षेत्रमा उल्लेखनीय तरिकाले अगाडि बढेको बताउर्दै अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो ।




















