नेपाली सुरक्षागार्डलाई कुटपिट गर्ने राम गोपाल मुराउलाई ४ महिना जेल सजाय।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको क्वालालम्पुरमा अवस्थित एक अपार्टमेन्टमा रोजगारीको निम्ति सुरक्षागार्डमा कार्यरत नेपाली सुरक्षागार्डलाई कुटपिट गरेको भाइरल भएको भिडियोमा देखिएको दोषीलाई क्वालालम्पुरको मजिस्ट्रेट अदालतले मंगलबार ४ महिनाको जेल सजाय सुनाएको छ।

नेपाल ठेगाना कपिलवस्तु जिल्लाका स्थायी बासिन्दा ३४ वर्षीय राम गोपाल मुराउलाई नवलपरासीका ईस्माइल हुसेनलाई निर्घात कुटपिट गरिएको भिडियोको आधारमा स्थानीय प्रहरीले पक्राउ गरि दोषी ठहर गर्दै पक्राउ गरिएको मितिदेखि मान्य हुनेगरी चार महिना जेल सजाय सुनाएको स्थानीय सञ्चार माध्यम भारियान ड्टकमले समाचारमा उल्लेख गरेका छ्न।

गत महिना जुलाईमा राम गोपालले इस्माइल हुसेनलाई मलेसियन भाषामा गाली गर्दै निर्मम कुटपिट गरेको भिडियो सामाजिक संजालमा ब्यापक भाइरल भएको थियो ।
भिडियो सार्वजनिक भएपछि नेपाली राजदुतावास मलेसियाले प्रहरीलाई उजुरी गर्दै पीडितलाई सम्पर्कमा ल्याएको थियो ।

उक्त भिडियोमा कुटपिट गर्ने आफु रहेको भन्दै रामगोपाल स्वयं प्रहरीमा उपस्थिति भएका थिए । कुटपिट सम्बन्धमा कुटाइ खाने हुसेनले इन्डोनेसियन मुलकी महिलाई दुरव्यवहार गरेपछि कुटपिट गरेको उनले प्रहरी समक्ष बयान दिएका थिए ।

मलेसियाको अध्यागमन कानून अनुसार पिडक र पिडित दुवैजना मलेसियामा प्रवेसाज्ञा/भिसा नभएको अवस्थामा रहेको नेपाली राजदुतावास मलेसियाले यसअघिनै जानकारी दिएको थियो । पीडित हुसेन पनि भिषा सकिएको अवस्थामा रहेकोले प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ भने उनको उद्धारबारे पहल भैरहेको दुतावास स्रोतले बताए।