२६ औं विश्व आदिवासी दिवस-२०२० मलेसियामा पनि मनाइने।

क्वालालम्पुर ( मलेसिया ):= नेपाल आदिवासी जनजाति महासंघ शाखा मलेसियाले विश्व आदिवासी दिवस- २०२० को उपलक्ष्यमा “पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संबिधान संशोधनको आन्दोलन हाम्रो साझा बहस!
स्वनिर्णित विकास र महामारीमा बाच्ने तथा बचाउने पक्षमा २६ अौं विश्व आदिवासी दिवश!!” भन्ने मूल नाराका साथ शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाउने भएको छ।

यहीँ अगष्ट महिनाको १६ तारिख आइतबारका दिन राजधानी क्वालालम्पुर स्थित महासंघको आफ्नै कार्यलयमा कार्यक्रम आयोजना गर्न लागेको हो। विश्व महामारीको रुपमा रहेको ( covid -19 ) को संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राख्दै हरेक वर्ष झैँ यो वर्ष पनि महासंघले कार्यक्रम गर्न लागेको महासंघका सचिव अर्पण मगरले बताउनुभयो।

दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम संगै महासंघमा हाल रित्त रहेका पदपूर्ति समेत गरिने सचिव अर्पणले बताए।
साथै मलेसियामा रहेका अाम समाजसेवी ,खेलाडी ,कलाकार ,संञ्चारकर्मी तथा आदिवासी दाजु भाइ,दिदीबहिनी हरु लाई कार्यक्रममा उपस्थितिको लागि महासंघका अध्यक्ष विपिन राईले हार्दिक आह्वान समेत गर्नु भएको छ।