कर्मचारीको निःशुल्क कोरोना बीमा सुरु

काठमाडौं । राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बीमा गर्न सुरु भएको छ । बीमा समितिले कर्मचारीलाई कोरोना बीमाको पोलिसी हस्तान्तरण गरी बीमाको सुरुवात गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको एक लाखको कोरोना बीमा गरिदिने जनाएको छ ।

बजेटको व्यवस्थाअनुसार बीमा समितिले राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बीमासम्बन्धी कार्यविधि तयार गरेर अर्थ मन्त्रालयको स्वीकृतिपछि भएपछि औपचारिक शुभारम्भ गरेको हो । राष्ट्र सेवक कर्मचारीको कोरोन बीमाबापतको रकम भने नेपाल सरकाले बेहोर्ने र आमनागरिकले गर्ने सामूहिक करोना बीमामा भने ५० प्रतिशत अनुदान पाइनेछ ।

हाल २० वटै निर्जीवन बीमा कम्पनीमार्फत सञ्चालन भइरहेको कोरोना बीमा एक लाख र ५० बीमांक रकम रहेको छ । एक लाखको कारोना बीमामा व्यक्तिगतरूपमा गर्दा एक हजार र सामूहिकरूपमा परिवारको बीमा गर्दा प्रत्तिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क लाग्छ । यस्तै ५० हजार बीमांक रकमको बीमा गर्दा भने व्यक्तिगतरूपमा गर्दा ५ सय र परिवारको सदस्यको सामूहिकरूपमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ प्रिमियम तिनुपर्ने हुन्छ । बीमा सुविधा कुनै पनि परिवारले एउटा बीमा कम्पनीबाट एकपटकमात्रै पाउने र बीमालेखको अवधि २०७८ असार मसान्तसम्म रहने बीमा समितिले जनाएको छ ।