मलेसियामा फेसबुक लाईभ गरे पश्चात् झुन्डिएर नेपाली श्रमिकले गरे आत्महत्या।

[ आरएन चौधरी थारु/तिलोचन गौतम ]


क्वालालम्पुर ( मलेसिया ):= बिगत लामो समयदेखि मलेसियामा कार्यरत एक नेपाली श्रमिकले फेसबुकमा लाईभ गरे पश्चात् झुन्डिएर आत्महत्या गरेका छ्न।

मलेसियाको सेरेम्बानमा अवस्थित ( ysk fressmart ) वाइएसके फ्रेस मार्ट कम्पनीमा बिगत कैयौं बर्ष देखि कार्यरत रहेको नेपाल ठेगाना खोटाङ जिल्ला घर भएका तर पछिल्लो समय उदयपुर बेलटारमा बसोबास गर्दै आइरहेका होम बहादुर बिष्ट ( हेम ) झुन्डिएर आत्महत्या गरेका हुन।

हिजो अगस्ट १ तारिख शनिबार राती फेसबुक लाईभ भिडियोमा आएर भोलि आइतबार मेरो जन्म दिन हुन , म ५१ बर्ष मा प्रवेश गर्न लागेको छु बिष्ट आफैले बताएका थिए । आफुलाई बाच्ने इच्छा मरिसकेको , जिन्दगीमा सार्है दु:ख गरियो , अहिले मलाई केहि कुराको चिन्ता छैन र पारिवारिक स्थिती नि राम्रो छ्न तर आफू अब बाच्न नसक्ने लगायत अनावश्यक कुराहरू गर्दै गरेको र केहि घन्टापछि राती करिब ०२:०० बजेतिर आफ्नै रुमको झ्यालबाट बाहिर निस्किएर झुन्डिएर आत्महत्या गरेको अवस्थामा बिहानको समयमा फेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली ले मलाया खबर लाई बताए।

जानकारी अनुसार मृतक बिष्ट आज भन्दा २१ बर्ष पहिले नेपाल बाट भारत पुगेर समुन्द्रको बाटो यात्रा तयगरि थाइल्यान्ड हुँदै मलेसिया प्रवेश गरेर काम गर्दै आएको खुल्नमा आएको छ। अन्दाजी ५१ बर्षे मृतक बिष्टको घरमा श्रमति र दुई जना छोरा रहेको बताएकाछ्न। एकजना छोरा नेपाल प्रहरीमा कार्यरत रहेको र अर्को छोरा इन्जिनियर रहेको बुझिएको छ। आत्महत्या किन गर्यो ? भन्ने बारे कारण खुल्न बाँकी रहेको मृतक बिष्टको शव पोस्टमार्टम को लागी स्थानीय अस्पतालमा लगिएको छ।

उता मलेसियाको जोहोरबारुमा पनि हिजो शनिबारको दिननै अर्का एक नेपाली कामदारको मृत्यु भएको अपुष्ट खबर सहितको जानकारी प्राप्त भएको छ।