कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या ३ पुग्यो।

कैलाली:= विशेषगरि नेपालको तराई क्षेत्रमा केहि महिनादेखि भैइरहेको लगातार अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा ३ जनाको मृत्यु भएको छ ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका-८ का ३२ वर्षीय चन्द्र विकको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका-८ का ३ जना बेपत्ता भएका थिए ।

यसअघि बिहीबार भजनी नगरपालिका-८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी र शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परिसकेको थियो ।‘केहि बेरअघि चन्द्र विकको पनि शव फेला पर्‍यो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

कैलाली जस्तै नेपालको विभिन्न ठाउँमा आएको बाढी,पहिरोले गर्दा अझैपनि कैयौं मानिस बेपत्ता रहेको र थुप्रैको ज्यान समेत गैइसकेको सम्बन्धित निकायले जनाएको छ।