मलेसियामा कोरोना संक्रमणबाट मर्नेको संख्या १२४ पुग्यो/स्वास्थ्य सुरक्षामा कडाइ।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा केहि महिनादेखि सुधारउन्मुख गतिमा रहेको कोरोना भाइरस (कोभिड -19) को सङ्क्रमण पुनः बढेको छ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले आज जुलाई महिनाको २७ तारिख , सोमबारको दिन सार्वजनिक गरेको तथ्यांकअनुसार मलेसियामा कोरोना संक्रमित नागरिकको संख्या अच्चानक बढेर १७९ जना पुगेको र मृत्यु हुनेको संख्या यथावत १२४ जना पुगेको तथ्यांकमा उल्लेख गरिएको छ।अहिलेसम्म जम्मा संक्रमितको संख्या ८ हजार ९ सय ४ जना रहेको छ । जसमध्य ८ हजार ६ सय १ जना उपचार सकिएर निको भैइसकेको छन , भने बाकी अझै उपचारको क्रममा रहेको छ। स्थानीय अनलाइन पत्रीका द-स्टारमा समाचार छापिएको हो।

मलेसियामा कोरोना संक्रमित पुनः बढ्न थालेपछि स्वास्थ्य सुरक्षा सम्बन्धि उच्च सतर्कता अपनाउन थालिएको छ। वरिष्ठ – रक्षामन्त्री दातोक श्री इस्माइल साबरी याकोबले एक पत्रकार सम्मेलनम बोल्दै भने , ” धेरै भिडभाड हुने ठाउँमा र बाहिर हिलडुल गर्न निस्केका तर सरकारले जारी गरेको SOP अन्तर्गतको समाजिक दुरिको पालना नगर्ने र फेस मास्क नलगाउने लाई पक्राउ गरि आर्थिक जरिवाना गर्ने , जेल चलान गर्ने लगायतको आवश्यक कानुनी कारवाही गरिने वरिष्ठ – रक्षामन्त्री साबरीले बताए।

कुनैकुनै ठाउँमा रोड ब्लक गरेर सवारी चेकजाँच देखि लिएर समाजिक दुरि कायम सम्बन्धि पालनामा तिब्र कडाइको साथै कतिपय ठाउंमा चेकजाँचको क्रममा अबैधानिक विदेशी श्रमिकहरु पक्राउ समेत गरिएको जनाएको छ।