नेपाली दूतावासको सहयोगमा जेल,डिटेन्सन क्याम्पमा रहेका १२६ जना नेपाली स्वदेश फर्किए।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणले बन्द अन्तर्राष्ट्रिय हवाई उडानको कारण अन्य नेपालीहरु जस्तै मलेसियाको विभिन्न जेल तथा घर फिर्ती केन्द्र (डिटेन्सन क्याम्प) मा स्वदेश फर्किने तयारीमा रहेका अलपत्र नेपालीहरु अन्ततः स्वदेश फर्किन सफल भएका छ्न।

विभिन्न कारणले जेल परेर सजाय पूरा गरेर स्वदेश फर्किने तयारीमा रहेका नेपाल सरकारको सहयोगमा सञ्चालनमा रहेको चार्टर्ड उडानमार्फत नेपाली दूतावासको विशेष सहयोगमा १२६ जना नेपालीहरु स्वदेश फर्किन सफल भएको मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचिव (second secretary) प्रतिक कार्कीले जानकारी गराउनुभयो।

द्धितिय सचिव कार्कीका अनुसार यहीँ जुलाई महिनाको २९ तारिखको दिन हुने चार्टर्ड फ्लाइट मार्फत पनि जेल तथा डिटेन्सन क्याम्पमा रहेका ७५ जना नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको जनाए । त्यसमध्ये ५५ जना नेपालीको लागी हार्वेस्ट मून ट्राभल्स एण्ड टूर्स प्रा.लि.ले नि:शुल्क हवाई टिकट उपलब्ध गराउने कार्यक्रम रहेको बताए। बाँकी अन्य नेपालीहरुलाई नेपाली दूतावास र सम्बन्धित नेपालीहरुको परिवारको सहयोगमा हवाई टिकट उपलब्ध गराइ स्वदेश फर्काउने बताउनुभयो।

साथै जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका नेपाली नागरिक सम्बन्धी जानकारी चाहिएमा अथवा केही सूचना/विवरण प्रदान गर्नुपरेमा नेपाली दूतावासको हटलाइन सम्पर्क नम्बर +६०१६२४७२७७७ मार्फत वा जेल शाखाको इमेल एडरेस nepallegal.kl@gmail.com  मार्फत समेत सम्पर्क गर्न सकिने द्धितिय सचिव कार्कीले बताउनुभयो।