कस्तो रहला आजको मौसम ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको विभागले जनाएको छ।

पश्चिमी पहाडी क्षेत्रमा गएराती भारी वर्षा मापन भएको छ । तसर्थ भिरालो क्षेत्रमा पहिरोको जोखिम उत्पन्न हुन सक्छ ।

त्यस्तै मध्य र तराइका क्षेत्रका बाढी पहिरोको जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।