मलेसियामा कार्यरत नेपाली श्रमिक गुणराजको सुतेकै अवस्थामा मृत्यु।

क्वालालम्पुर( मलेसिया ):= मलेसियामा कार्यरत एक नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

मलेसियाको काजाङ स्थित एक सेक्युरिटी कम्पनीमा विगत दुई बर्ष देखि कार्यरत ४२ वर्षीय भोजपुर जिल्ला निवासी गुणराज राई सुतेकै अवस्थामै मृत फेला परेका हुन ।

मृतक राई राति खाना खाएर सुतेका थिए , अच्चानक राति करिब २/३ बजेको समयमा शरिरमा ऐठन भएर रोएको जस्तो गरेको सुनिएको र बिहान पल्ट उठाउन खोज्दा मृत्यु भैइसकेको , सुतेको ठाउँबाट नउठेको खबर उनिसंगै एउटै कम्पनीमा काम गर्ने धर्मा स्याङ्तानले बताउनु भयो।

विगत ७ वर्ष अघि रोजगारीको शिलशिलामा मलेसिया आएका राई दुई वर्ष यता अबैधानिक हैसियतमा काम गरिरहेको बताईएको छ । उनको शवलाई पोष्टमार्टमको लागि लैजान र आवश्यक अनुसन्धान गर्न रुममा पुलिस आएको र चाडैं स्थानीय अस्पतालमा लाने तयारी भैरहेको धर्माले बताए ।