चितवन । लकडाउन हटेपछि कोभिड–१९ को संक्रमण हुन नदिन चितवनमा सचेतना कार्यक्रम गरिएको छ । सडकमै पुगी यात्रु तथा सवारी संचालकहरुलाई सेचत गराइएको थियो । रोटरी र रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउन, जिल्ला प्रहरी कार्यालय चितवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त सहकार्यमा बिहीबार सचेतना कार्यक्रम गरिएको हो ।
सचेतना कार्यक्रममा भरतपुरको हाकिम चोक र लायन्स चोकमा मास्क नलगाई हिंड्ने पैदलयात्रु तथा सवारीका चालक, सहचालक र यात्रुहरुसहित करिब १ हजार ५०० जनालाई मास्क वितरण गरिएको छ ।
मास्क प्रदान गर्दै कोभिड–१९ सम्बन्धि सचेतना दिइएको थियो । लकडाउन हटेपछि चितवनमा मानिसहरु सँगै सवारीको चाप वढ्दो छ भने मास्क नलगाई हिड्नेहरु पनि उत्तिकै छन् ।




















