[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा केहि महिनादेखि सुधारउन्मुख गतिमा रहेको कोरोना भाइरस (कोभिड -19) को सङ्क्रमण पुनः बढेको छ।
मलेसियाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जुलाई महिनाको २१ तारिख , मंगलबारको दिन सार्वजनिक गरेको तथ्यांकअनुसार मलेसियामा कोरोना संक्रमित नागरिकको संख्या अच्चानक बढेर १३० जना पुगेको र मृत्यु हुनेको संख्या यथावत १२१ जनानै रहेको उल्लेख गरेको छ। अहिलेसम्म जम्मा संक्रमितको संख्या ८ हजार ८ सय १५ जना रहेको छ । जसमध्य ८ हजार ५ सय ६२ जना उपचार सकिएर निको भैइसकेको छन , भने बाकी अझै उपचारको क्रममा रहेको छ। स्थानीय अनलाइन पत्रीका मलेसिया ग्याजेटमा समाचार छापिएको हो।
संक्रमितको संख्या अच्चानक १०० जना भन्दा बढी भएपछि मलेसियाका प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले यहाँ बसोबास गरिरहेको नागरिकको स्वास्थ्य अवस्थाबारे चिन्ता ब्यक्तगर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छ्न।
प्रधानमन्त्री यासिनले आज एक पत्रकार सम्मेलनमा बोल्दै भने ,” कोरोनाको संक्रमण क्रमशः सुधार हुँदै गैइरहेको थियो तर अहिले पुनः संक्रमण दर उच्च भएको छ , त्यसैले मानिसहरु नआतिएर आफ्नो स्वास्थ्य अवस्थाबारे विशेष ख्याल गर्नुपर्ने देखिएको छ , प्रधानमन्त्री यासिनले भने।”

साथै मलेसियामा रहेका स्वदेशी संगै विदेशी नागरिकहरुले पनि अब घर भन्दा बाहिर निस्किदा अनिवार्य रुपमा मुखमा फेस मास्क लगाएर निस्किनु पर्ने नियम लागु गरेको छ।
यदि मुखमा मास्क नलगाई हिलडुल गरेको भेटिए आर्थिक रकम जरिवानासंगै जेल सजाय भोग्नुपर्ने प्रधानमन्त्री यासिनले बताए।
उनले थप बोल्दै भने , कि त सरकारले जारी गरेको एसओपि (SOP) को पालना गर्नुस , हैन भने पुनः पहिलाको जस्तै देशमा लकडाउन लगाईदिन्छौ , त्यसैले सामाजिक दुरिलाई कायम गर्नेदेखि मास्क लगाउने सम्मको कुरामा ध्यान दिनुस प्रधानमन्त्री यासिनले भने।



















