सवारी दुर्घटनामा परेका र बेवारिसे अवस्थामा भेटिएका २ नेपाली लाइ NRNA मलेसिया द्वारा उद्वार।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

सबारी दुर्घटनामा परि देब्री खुट्टा भाचिएका बर्दिया का MD जबिर हुसेन र रोड मा बेवारिसे अवस्था मा भेटिएका मोरङ सलकपुरका कृष्ण भुजेललाइ गैरआवास नेपाली संघ मलेसिया क्षेत्रीय साखा जोहोर र गैरआवास नेपाली संघ मलेसियाकेन्द्र ले उद्वार गरि स्वदेश फिर्ता गराएको छ ।

मलेसिया को जोहोर बारु एक नेपाली रेस्टुरेन्ट नजिकै रोडमा सुतिरहेको अबस्थामा फेला परेका नेपाली सोधखोजका क्रममा मोरङ घर बताउने कृष्ण भुजेल लाई गैर आवासीय नेपाली संघ NRNA जोहोर समितिले प्राथमिक उपचार गराइ स्वदेश फर्काउनको लागी आबस्यक सहयोग गर्न क्वालालम्पुर स्थिति नेपाली राजदुतावास लाइ पत्राचार गरि अनुरोध गरेको थियो ।

केहि दिन अघि सवारी दुर्घटना मा परि खुट्टा भाचिएका बर्दिया का MD जबिर हुसेन र बेवारिसे अवस्था मा भेटिएका मोरङ सलकपुरका कृष्ण भुजेल
लाइ NRNA मलेसिया ले हवाइ टिकट उपलब्ध गराइ आज बिहान हिमालयन एयरलाइन्स मार्फत स्वदेश फिर्ता गराएको छ।