मलेसियामा बेवारिसे अवस्थामा फ़ेला परेका नेपालीहरु दूतावास र NRNA को सहयोगमा स्वदेश फर्किए।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा बिगत लामो समयदेखि अलपत्र अवस्थामा रहेका दुईजना नेपाली कामदार नेपाली दूतावास मलेसिया र गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको विशेष सहयोगमा सकुशल स्वदेश फर्किन सफल भएका छ्न।

नेपाल ठेगाना महोत्तरी जिल्ला , बदिया बनचौरी-२ निवासी एमडि जाबिर हुसेन र मोरङ जिल्ला , मृङगौलिया-९ निवासी कृष्णा बहादुर भुजेल बिगत २ बर्षदेखि अबैधानिक हैसियतमा रहि जोहोरबारुको जेबि सेन्टरमा अवस्थित सिटि स्क्वायर नजिकै सडक पेटिमा बेवारिसे अवस्थामा एनआरएनए जोहोर समितिले फ़ेला पारेका थिए।

[ तस्बिरमा एनआरएनएद्वारा उद्दार पछि कृष्ण बहादुर भुजेल र जाबिर हुसेन ]
[ अबैधानिक नेपाली मलेसियाबाट नेपाल् फर्किन आवश्यक पर्ने ट्राभल डकुमेन्ट ]

बेवारिसे अवस्थामा भेटिएका ( फ़ेला परेका ) जाबिर हुसेन पछिल्लो समय सवारी दुर्घटनामा परि खुट्टा भाचिएर आर्थिक अभावको कारण आवश्यक उपचार गराउन नसकेर सडक पेटिमा दिनरात बिताउदै आइरहेको बताए।
हुसेन आफैंले मलाया खबर सहकर्मीसंग बोल्दै भने , ” म सवारी दुर्घटनामा परे र म संग उपचार गराउने पैसा नभएर सडकपेटिमा बसेर स्थानीय घरबार बिहिन नागरिकसंगै मागेर खाने गरेको र भाचिएको खुट्टा सुमसुमाउदै दिन कटाउदै आइरहेका थिए । मैले आसा पनि गरेको थिएन कि म नेपाल फर्किन पाउछु अथवा कसैले मेरो उपचार गरिदिन्छन भनेर ? तर अच्चानक एनआरएनए जोहोर टिमका पदाधिकारीहरु आएर मेरो उद्दार गरेर अस्पताल भर्ना गराउनुभयो र सक्दो उपचार पनि गराउनुभयो र आज स्वदेश फर्किन पाउँदा असाध्यै खुसी लागेको कुरा उनले सुनाए।”

[ एनआरएनए जोहोर समितिले दुई जना बिरामीको अस्पतालमा भर्ना गरेर उपचार गराउदै ]

जाबिर हुसेनसंगै २ बर्षदेखिनै बेवारिसे अवस्थामानै सोही सडकपेटिमा रातदिन कटाउदै आईरहेका अर्का एक नेपाली कामदार हुन , कृष्णा बहादुर भुजेल । भुजेलको मानसिक सन्तुलन बिग्रेको र उनको खुट्टामा ठूलो घाउ रहेको अवस्थामा फ़ेला पारि आवश्यक उपचार गराइ उद्दार गरेर स्वदेश फर्काउन सफल भएको एनआरएनए जोहोरका सचिव अर्जुन सिंह अनुरागीले बताए।

[ दुईजना नेपालीलाई स्वदेश फर्कन मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोग गर्दै दूतावासका जनसम्पर्क अधिकृत टेक बुढा ]

आज मलेसियाबाट बिहान ०७:५५ बजे नेपालको लागी भएको हिमालयन एयरलाइन्सको चार्टर्ड उडान मार्फत अलपत्र ति दुईजना नेपाली जाबिर हुसेन र कृष्णा बहादुरको आवश्यक सम्पुर्ण कानुनी कागजात बनाई सकुशल स्वदेश फर्काइएको एनआरएनएलाई उद्धत गर्दै नेपाली दूतावास मलेसियाको जनसम्पर्क अधिकृत टेक बुढाले बताए। अलपत्र दुईजनाको लागी हवाई टिकटको ब्यवस्था एनआरएनए केन्द्र र जोहोर समितीलेनै खरिद गरि दूतावासलाई उपलब्ध गराइ सहयोग गरेको हुन ।

अबैधानिक नेपाली मलेसियाबाट स्वदेश फर्किन आवश्यक पर्ने कामकाज ,कागजी प्रक्रिया जस्तै ति दुई जनालाई स्वदेश फर्काउन मलेसिया अध्यागमन बिभाग (इमिग्रेसन) को फाइन शुल्क बापत लाग्ने खर्च आरएम ६ हजार २ सय रिंगेट,कोरोना टेस्ट गरे बापत आरएम २ सय २० रिंगेट , खाना बस्न बापतको खर्च आरएम ४ सय रिंगेट लगायतको अन्य खर्च नेपाली दूतावासलेनै तिरिदिएर सहयोग गरेको ति दुई बिरामीलाई स्वदेश फर्काउन दिनरात नभनी कानुनी प्रक्रियामा खट्ने र विमानस्थलसम्म आफैं विदाइ गर्न पुगेका जनसम्पर्क अधिकृत टेक बुढा त्यसैगरी दूतावासकै द्धितिय सचिव यसु बस्नेत लगायतको मुख्य योगदान रहेको थियो।