मेयर भण्डारीले मनपरि टेन्डर आव्हान गरि धाँँधली गर्दै/बिरोधमा उत्रेका वडाध्यक्षहरु माथि पुलिस लगायो।

कोल्हबी(बारा):= कोल्हबी नगरपालिकाले गोप्य रुपमा टेण्डर अहवान गरेको खुल्लासा भएको।नगरप्रमुख भरत भण्डारीले धाँधली हिसाबले नगरपरिषदको निर्णय विना टेण्डर अहवान गरेको तथ्य बाहिर आएको छ।

नगरप्रमुखको कार्यशैलीको विरोध गर्दा प्रहरी लगाएर ४ जना वडा अध्यक्षलाई पक्राउ गर्न समेत लगाउने गरेकाछन् । नगरपालिकाले बोर्ड बैठक नै नगरि बजारको ठेक्का, पटके सवारी कर लगायत विभिन्न किसिमका ठेक्कापाटाको आईतवार टेण्डर निकाल्न खोज्दा वडाध्यक्षहरु विरोधमा उत्रेका थिए।

बोर्ड बैठकमा कुनै किसिमको छलफल निर्णय नगरिएको नत आफुहरुलाई कुनै किसिमको जानकारी नै नदिई टेण्डर निकाल्न खोज्दा विरोध गरेको वडा नम्वर १ का वडाध्यक्ष विरेन्द्र प्रसाद चौधरी बताउँछन । आफै ठेकदार समेत रहेका नगरप्रमुख आफनै कम्पनीलाई ठेक्का पटा समेत दिने गरेको वडाध्यक्ष बताउँछन । नगरप्रमुखको कार्यशैली विवादित बन्दै गएको छ । नगरपालिकाको एक्साभेटर, ट्रयाक्टर लगायत सवारी साधन आफनो ठेक्का कम्पनीमा पनि प्रयोग गर्दै आईरहेको आरोप लगाएका छन्।

व्यापारीहरुले टेण्डर भर्न आउने क्रममा वडा नम्वर १ का विरेन्द्र चौधरी, ३ का किशुनदयाल चौधरी, ५ का बासु प्रसाद चौधरी र ११ का नन्द किशोर चौधरी लगायतले बाधा अडचन सृजना गरेकाले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बलिष्टर सिँहले जानकारी दिए।

प्रहरीले पक्राउ गरेको वडाध्यक्षहरुलाई आवश्यक छानविन गरि केहि घण्टा मै छोडेका थिए । आक्रोशित वडाध्यक्षहरुले नारावाजी गर्दै नगरपालिका घेराउ समेत गरेका छन् । विधि विधान अनुसार सबैले कदम चाल्नुपर्ने भएकोले नगरप्रमुख एकलौटी हिसाबले नगरपालिका चलाएकोले वडाध्यक्षहरु विरोधमा उत्रेका छन् । बजार ठेक्का पटा, पटके सवारी करमा गरिएको टेण्डरमा जिल्लाका ९ जना ठेक्का कम्पनीले टेण्डर भरिसकेको नगरपालिकाले जनाएको छ।source:kalaiya online