मलेसियामा कार्यरत नेपालीहरुले मृगौला पीडितलाई गरे रु.१ लाख बढी आर्थिक सहयोग।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली युवाहरु मिलेर संकलन गरेको आर्थिक रकम एक मृगौला पीडितलाई प्रदान गरि सहयोग गरेको छ।

टिकाराम बोम्जन ,अमिर लोप्चन र बुद्ध राज स्याङ्तान गरि तीन जना समाजसेवी युवाहरूको सक्रियतामा मलेसियाका विभिन्न कम्पनीमा कार्यरत मनकारी नेपाली श्रमिकहरु र ब्यवसायीहरुसंगको सहयोगमा संकलन गरिएको मलेसियन रिंगेट आरएम ३ हजार ६ सय १५ , नेपाली रु. १ लाख १ हजार २८ रुपैयाँ मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा न :- ८ दमनगर बस्ने बर्ष ५३ को मृगौला पीडित बिरामी पुर्ण बाहदुर वाईबाको थप उपचारको लागी सहयोग गरेको अभियानमा सक्रिय रुपमा लागीपरेका अमिर लोप्चन तामाङले बताउनुभयो।

[ संकलित रकम पीडितको श्रीमतिको नाममा पठाएको बैंकिङ गरेको ]

आर्थिक अवस्था एकदमै दयनीय रहेको पीडित पुर्ण बहादुर दुबै मृगौला फेल भएर ( काम नगरेर ) चितवन मेडिकल कलेजमा अस्पतालमा उपचाररत रहेका छ्न। तर आर्थिक स्थिती असाध्यै कमजोर भएकोले उपचार गर्न कठिनाई भैइरहेकोले आफ्नो उपचार गराउनको लागी विभिन्न सहयोगि दाताहरू समक्ष सहयोगको लागी याचना गरेका थिए।

पीडित पुर्ण बहादुरको उपचारमा थप सहयोग पुगोस भन्ने हेतुले संकलन गरिएको सो सहयोग रकम निजको श्रीमति रम्जना वाईबाको नाममा बैंकिङ मार्फत पठाइ सहयोग गरेको कलाकार समेत रहेका समाजसेवी अमिर लोप्चनले बताए।
साथै यस्तो माहामारीको बेला पनि आफ्नो खाना,खाजा खर्च बाट केहि रकम छुट्याएर बिरामीको घाउमा मलम लगाउन सघाउ पुर्याउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाताहरु प्रती लोप्चनले धन्यवाद सहित आभार प्रकट गर्नुभयो।

[ पीडितको लागी सहयोग गर्ने सहयोगीदाताहरूको नमावली ]