वैदेशिक रोजगारीको क्रममा ४३४ जना नेपालीको मृत्यु/कोहि आत्महत्या गरे त कोहि सुत्यासुत्यै भए।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको निम्ति विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कार्यरत लाखौंलाख नेपाली श्रमिकहरु मध्य जारी लकडाउन अवधीदेखि अहिलेसम्म ४ सय ३४ जना नेपाली श्रमिकको मृत्यु भएको छ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न प्रायःजसो अन्तर्राष्ट्रिय मुलुकमा लकडाउन जारी गरिएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले आज शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार लकडाउन अवधीदेखि अहिलेसम्म वैदेशिक रोजगारीमा रहेको अन्तर्राष्ट्रिय मुलुकहरु जस्तैः युएईमा ७९ , साउदीमा १५७ , मलेसियामा ६५ , कतारमा ६९ , कुवेतमा २१ , बहराइन १० , दक्षिण कोरिया ८ , ओमानमा २ जना त्यसैगरी सेसेल्स,टर्की,जोर्डन,अमेरिका,बङलादेशमा,थाईल्यान्ड,कम्बोडिया,साइप्रस,इराकमा,जापान, र मङ्गोलियामा गरेर जम्मा ४ सय ३४ जना नेपाली श्रमिकको मृत्यु भएको छ।

४ सय ३४ जनाको विभिन्न कारणबस मृत्यु भएको छ । जस्तैःकोरोना भाइरस,सुतेको सुत्यै भएर,ह्र्दयघात,सवारी दुर्घटना,आत्महत्या,अत्याधिक रक्सी सेवन गरेर लडाइँ झै-झगडा लगायतको कारणले मृत्यु भएको बोर्डले जनाएको छ।

मृत्यु हुने नेपालीहरुमध्य १५ जना महिला रहेका छ्न भने ४ सय १९ जना पुरुष रहेको छ। लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान पुर्णरुपमा बन्द रहेको कारण सबै मृतक नेपालीहरुको शव नेपाल पठाउन नसकिएको बोर्डको भनाइरहेको छ।
वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन अहिले विभिन्न मुलुकबाट चलिरहेको चार्टर्ड उडान मार्फत स्वदेश फर्काइरहेको भएतापनि कतिपय मृतकको परिवारको सहमतीमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासको समन्वय,सहयोगमा मृतकहरुको अन्त्यष्टि गर्ने गरेको र मृतकको परिवारलाई सान्त्वना स्वरुप नेपाली रु.५० हजार नगद सहयोग गर्ने गरेको बोर्डले बताए।

बोर्डका अनुसार अहिलेसम्म मृत्यु हुने देशमै मृतकको अन्त्यष्टि गर्नको लागी १५६ जना मृतकको परिवारले सहमति जनाएको छ्न , भने १७२ जनाको शव स्वदेश फर्काइ अन्तिम दाहसंस्कारको लागि सम्बन्धित परिवारलाई बुझाईसकेको र बाँकी १०७ जना नेपालीको शव सम्बन्धित मुलुकमै अस्पतालमा रहेको जनाएको छ।

बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको आफन्तलाई सम्पर्कमा आउन अनुरोध गरेका छ्। बन्दाबन्दी ( लकडाउन ) को कारण अन्तिम दाहसंस्कार गर्न नेपाल ल्याउन नसकिएका शवहरु चाडैं नेपाल ल्याउने प्रक्रिया धमाधम अगाडि बढिरहेको हुँदा मृतकका आफन्त परिवारलाई बोर्डमा अथवा श्रम कल सेन्टरमा सम्पर्क गरेर विवरण टिपाउन , बुझाउन सचिवालयले अनुरोध गरेका हुन