एजेन्सी:= विश्वभर कोरोना संक्रमण र मृत्यु हुने क्रम अझै बढीरहेको छ । यसै क्रममा विश्वभर पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४१ हजार २ सय ५० सक्रमित थपिएका छन् । जस मध्य सबै भन्दा धेरै अमेरीकामा २४ घण्टामा ६७ हजार ३ सय ७९ , ब्राजिलमा ४३ हजार ८ सय २९ र भारतमा मात्रै ३५ हजार ४ सय ६८ संक्रमित थपिएका छन् ।
यो सगैँ विश्वभर अहिले सम्म १ करोड ३९ लाख ३० हजार एक सय ३५ संक्रमित पुगेका छन् भने ५ लाख ९१ हजार बढीको मृत्यु भएको छ ।
सबै भन्दा धेरै अमेरीकामा ३६ लाख ८९ हजार बढी संक्रमित पुगेका छन् भने एक लाख ४१ हजार ३९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा २० लाख १४ हजार ८ सय ३७ जना संक्रमित पुगेका छन् भने ७६ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
भारतमा १० लाख ५ हजार ६ सय ९७ जना संक्रमित भएका छन् भने ३५ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।




















