प्रधानमन्त्री ओलीले भने,भगवान रामको जन्मभूमि अयोध्या पनि नेपालमै छ,भारतमा हैन।

काठमाण्डौं:= सीमा अतिक्रमण र नक्सा प्रकरणमा भारत बिरुद्ध आक्रामक बयान दिदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पनि नेपालमै रहेको प्रश्न उठाएर पुनः भारतलाई ठूलो झट्टका दिइएको छ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको भन्दै भगवान रामको जन्मभूमि अयोध्या पनि नेपालमै रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको गंभीर प्रश्न उठाएका छन। ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्‍जदेखि पश्चिममा पर्ने चितवन ठोरीमा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताए ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम पनि भारतीय नभएको र अयोध्या पनि भारतको नभएको बताएका हुन् ।
हामी अहिले पनि ठानिरहेका छौं हामीले सीता भारतका राजकुमार रामलाई दियौं । भारतका होइन अयोध्याकालाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी नजिकको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम नेपालमा र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका ।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरे । त्यो समयमा न मोबाईल, न टेलिफोन कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।