शिवराज–१, उमरीको एकता स्मार्ट कृषि गाउँलाई कृषि सामाग्री प्रदान।

[ राम अवतार चौधरी ]

चन्द्रौटा(कपिलवस्तु):= कपिलवस्तुको शिवराज–१, उमरीको एकता स्मार्ट कृषि गाउँलाई कृषि सामाग्री हस्तानतरण गरिएको छ । प्रदेश सरकारले छनोट गरेको स्मार्ट कृषि गाउँ लाई थप व्यवस्थित बनाउन विभिन्न कृषिजन्य सामाग्रीहरु प्रदान गरिएको छ ।


७० प्रतिशत नगरपालिको अनुदान र ३० प्रतिशत कृषकको लगानीमा सामाग्रीमा पावर टिलर, मिनीटिलर रिपर, हैण्ड रिपर र मल्चिङ प्लाटिङ रहेको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरीले बताए । रु ५ लाखको योजनामा रु ३ लाख ५० हजार नगरपालिकाको लागानी र रु १ लाख ५० हजार कृषकहरुकै लागानी रहेको चौधरीले बताए ।


शिवराज नगर उप प्रमुख शिवकुमारी थारुले कार्यक्रमा बोल्दै पाएको अनुदानले स्थानिय सबैलाई समुदायलाई सहज हुने बताइन् । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ बाट सञ्चालित स्मार्ट उमरी गाउँका कृषक व्यावसायमा आबद्द भएर राम्रो जिविका पार्जन गरिरहेका उदाहरण दिदै अरु समुदायका कृषकले पाठ सिक्न जरुरी रहेको बताइन् । आफ्नै लगानीमा गर्दै आएको व्यावसायिक तरकारी खेतीका कृषकलाई थप उर्जा थप्पियोस भन्ने उद्देश्यले अनुदान प्रदान गरिएको उनले बताइन् ।


शाखा प्रमुख चौधरीले प्रदान गरिएको अनुदानको सामाग्रीले व्यावसायिक किसानलाई झनै उत्साह थप्पिने विश्वास व्यक्त गदै अगामी दिनहरुमा नगरपालिका लगायत व्यक्तिगतबाट हुने सहयोगको प्रतिबद्घ रहेको चौधरीले जनाए । उमरीको एकता स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष राधेश्याम थारुले आफूहरुले प्राप्त गरेको अनुदान सामाग्रीले आफूमा निकै जोश जाँगर थप्पिएको अध्यक्ष थारुले बताए । आउने समयमा कृषक र आफ्नो समुहलाई अझै व्यापक तरिकाले अगाडी बढाउने अध्यक्ष थारुले बताए ।