बझाङ := सुदुरपश्चिमेली नेपाली समाजको पदाधिकारीहरुको संयुक्त पहलमा बझाङका पहिरो पिडितहरुलाई लुगाकपडा तथा खाद्यान्न सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ।
विश्वभर गठित सुदूरपश्चिमेली नेपाली समाजहरुद्वारा स्वदेश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधानका तथा नेपालमा हुने प्राकृतिक दैविय प्रकोप बाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा शिक्षा लगायत परोपकारी कार्यको लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत राहत सामग्री हस्तान्तरण गरेको सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रियका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताउनु भयो।


गत हप्ता शुक्रबार राति बझाङ्गको केदार स्यूँ गाउपालिका वडा नम्बर ८ मा आएको भिषण पहिरोका कारण बिस्तापित २० घरपरिवारहरुको समस्यालाई मध्यनजर गर्दै अहिलेको यो परिस्थितिमा पिडित परिवारहरुलाई आवश्यक सामाग्रीहरु कोषको उद्देश्य अनुरुप राहत सामग्री हस्तान्तरण गरेको सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले बताउनु भयो।
अध्यक्ष बलायरका अनुसार सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेत बहादुर थापाको नेतृत्वमा पूर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र सिंह,केदार स्यु गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निसा धामी, वडाध्यक्ष गणेश बोहरा लगायत जिल्लाका पत्रकारहरुको रोहवरमा उक्त राहात सामाग्री वितरण गरेका बताउनु भयो।

विस्थापित प्रति एकपरिवार ५० किलो चामल, ५ किलो दाल, ३ किलो नुन, ३ पोका तेल लगायत खाना पकाउने भाँडा, लुगा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको सुदुरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताउनु भयो।
समाजको यो साझा अभियानले यस्ता परोपकारी कार्यहरुलाई निरन्तरता दिदै जाने व्यवस्थापन संयोजक ईश्वर रोकायाले बताउनु भयो।
यस संयुक्त अभियानलाई सफल पार्न सहयोग गर्नु हुने सुदुरपश्चिमेली नेपाली समाजहरु भारत, ईजरायल, अमेरिका , मलेसिया ,क्यानडा, पोर्चुगल, कोरिया, बहराइन,जापान,मकाउ, साउदी अरबिया, युएई, अस्ट्रेलिया,कतार, डेनमार्क, युरोप लगायत सम्पुर्ण सहयोगी हातहरुलाई सुदुर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार-प्रसार विभाग प्रमुख एव दक्षिण एसिया संयोजक दिनेश खड्का ‘खप्तडी’ले जानकारी दिनु भयो।






















