
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको उत्तरी भागमा पर्ने केलाङमा अवस्थित मुख्य व्यापार केन्द्रमा अबैध रुपमा सञ्चालनमा रहेको अन्य विदेशी रेस्टुरेन्टसंगै ३ वटा नेपाली रेस्टुरेन्ट सिल (बन्द) गरेका छ्न।
केलाङ नगरपालिका काउन्सिल ( MPK ) ले गरेको ब्यापार , ब्यावसाय सम्बन्धि अनुसन्धानको क्रममा बिना लाइसेन्स सञ्चालन गरिरहेका रेस्टुरेन्ट , खुद्रा कपडा पसल , होटल लगायतमा छापा हान्दा विदेशी मुलका बङ्गाली , पाकिस्तानी संगै नेपाली नागरिकले पनि अबैध रुपमा ब्यापार , ब्यावसाय गरेको पाइएकोले ति रेस्टुरेन्टहरु सिल गरि बन्द गरिएको र ब्यावसायीलाई आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइएको नगरपालिका काउन्सिलको एक पदाधिकारीले स्थानीय सञ्चारमाध्यम मलेसिया ग्याजेट संगको कुराकानीको क्रममा बताए।



काउन्सिलले कुराकानीको क्रममा भने,” ति रेस्टुरेन्टहरू जुन मनोरञ्जनका लागि पनि मिल्दोजुल्दो छ, त्यस क्षेत्रका नेपालीहरूका लागि केन्द्र बिन्दु बनेका छन्, बिहान भन्दा पनि विशेष गरी राति ०८:०० बजेपछिको समयमा जाँडरक्सी सेवन गर्ने,हो-हल्ला गर्ने , मनोरञ्जन गर्ने नेपालीहरुको उल्लेखनीय सहभागीता हुने गरेको खुल्नमा आएको बताए।
तीनै रेस्टुरेन्टमा मलेसिया सरकारको इजाजतपत्र बिना बिषालु मदिरा,रक्सि बेच्ने कुरा भेट्टाएको खुलाए।



नगरपालिका काउन्सिलले केन्द्रमा रहेको ३६ वटा पसल,रेस्टुरेन्ट,होटेलहरुमा छापामारी गरेका थिए ।जसमध्ये ११ वटा पसल,रेस्टुरेन्ट ब्यापार ब्यावसायहरु छाप लगाइ सिल गरिएको र ४ वटा स्थानमा अन्य अपराधीक गतिविधि हुने गरेको पत्ता लागेकोले थप अनुसन्धान भैइरहेको काउन्सिलले जनाएको छ।
” ति अपराधीमध्ये कुनैको इजाजतपत्र नभएको, कोहि कोहि यहाँका स्थानीय नागरिकको नाममा भाडामा इजाजतपत्र लिएर वा अलीबाबा बिना कारोबार गरिरहेका थिए, यस्तो कार्य मलेसियाको कानुन अनुसार अपराध हो र यदि यहाँका स्थानीयहरूले इजाजतपत्रको नियम उलंघन गरेको छ्न भने आवश्यक अनुसन्धान गरिनेछ र दोषी देखिए तिनीहरुको लाइसेन्स रद्द गर्नुको साथै कडा कारवाही गर्नेछौं ,” काउन्सिलले पत्रकारहरुलाई भने।source: malaysia gazette



















