प्रवासी मेमेङ समाज मलेसियाद्वारा निकालिएको भित्तेपात्रो बिमोचन तथा बितरण कार्यक्रम सम्पन्न।

निसुम शुक्र चङबाङ,,
काठमाडौं:= फालेलुङ गाउँ पालिका ( साविक – मेमेङ ) पाँचथर बाट रोजगारी तथा विभिन्न रुपले मलेसियामा रहेका श्रमिकहरुको साझा संस्था प्रवासी मेमेङ समाज मलेसिया द्वारा निकालिएको भित्ते पात्रो बिमोचन तथा सार्बजनिक गरि बितरण गरिएको छ।

महेन्द्र केरुङ अध्यक्ष रहेको प्रवासी मेमेङ समाज मलेसिया को नेपालको सम्पर्क समिती मार्फत सार्बजनिक तथा बिमोचन गरिएको हो।भित्ते पात्रो समयमै निकालिएता पनि बिश्व कोरोना भाइरसका कारण ढिलै भए पनि नेपाल सम्पर्क समितिका अध्यक्ष महेन्द्र केरुङ लिम्बुको अध्यक्षतामा असार २५ गते एक कार्यक्रम गरि फालेलुङ ३ को वडा कार्यलयमा वडा अध्यक्ष वीर बिक्रम थाम्सुहाङ द्वारा बिमोचन तथा सार्बजनिक गरिएको छ । स्थानीय समाज सेवी कुमार अधिकारी , श्री बिद्या प्रचार मा . बि . आइतबारे प्रधानाध्यापक मित्रलाल साप्कोटा लगायत स्थानीयको उपस्थितिमा बिमोचन तथा सार्बजनिक गरिएको हो।

प्रवासी मेमेङ समाज मलेसियाले बिगतमा विभिन्न दु:खी पीडितहरुलाई लाखौ लाख सर-सहयोग गरि रहेको पनि छ । र यसरी नै हरेक बर्ष नेपाली नयाँ बर्षमा पात्रो निकाल्दै आइ रहेको र फालेलुङ गाउँ पालिकाको साविक मेमेङमा पर्ने सबै गाउँ का प्रत्येक घरलाई हरेक बर्ष नि:शुल्क पात्रो बितरण गर्दै आइ रहेकोमा यस बर्ष पनि फालेलुङ गाउँ पालिकाको साबिक मेमेङ अन्तर्गतका मच्छेबुङ, थकेपुङ ,नाम्लुवा ,ताङलेपा, माङलेबुङ,खोलाघारी,मेमेङ,गुरुङगाउँ र च्याम्फुवा का सबै घर लाई १२०० थान पात्रो निशुल्क बितरण गरिने बताईएको छ ।