दुव्र्यवहार अभिव्यक्त गर्न पाइन्नँ र ?

काठमाडौं । पछिल्लो केही सातायता नेपाली चलचित्रक्षेत्री नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक भूवक केसीबीच सामाजिक सञ्जालमा ‘वार’ परिरहेको छ । एकअर्काले आरोप÷प्रत्यारोप लगायरहेका यी कलाकारबीचका कुरालाई दर्शकले मूल्यांकन गरिरहेका छन् । 

साम्राज्ञीले जापानमा भएको अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि अभिनेता केसीले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै शुक्रबार कलाकार संघमा निवेदन दिनुभएको थियो । उहाँले पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुरा नबोल्न र पुनः यस्ता गतिविधि गरे साइबर क्राइमको मुद्दा हाल्ने चेतावनी दिनुभएको छ । उहाँको जवाफको प्रतिउत्तर साम्राज्ञीले पनि फर्काउनुभएको छ । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले नवप्रवेशी कलाकारले आफ्ना सुरुको संघर्षका दिन भोग्नु परेको अदृश्य उत्पीडन, वास्तविक अप्ठ्याराहरू र आफूलाई ‘मै हुँ’ भन्ने निर्माताहरूको हेपाह प्रवृत्ति र दुव्र्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? भन्दै प्रश्न गर्नुभयो । यस्ता वास्तविकतालाई कसैले आफ्नो प्रतिष्ठाको विषय बनाउनु विडम्बना रहेको उहाँको भनाइ छ । 

‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जाल अनेकथरी भन्नु कहाँसम्म उचित हो ? के हो वरिष्ठ र प्रतिष्ठित व्यक्ति भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’, उनले प्रश्न गरेकी छन् । कुनै पनि व्यक्तिको बोलचालीले समाजमा उसलाई प्रतिविम्बित गर्ने भएकाले बोल्दा विचार पु¥याउन उहाँको सुझाब छ ।

अगाडिी लेखिएको छ, ‘कुनै पनि कलाकारले स्वयं उसले गरेको मिहिनेत र लगनले कुनै स्थानमा पुगेको हुन्छ, जुन कुराको भुक्तभोगी तपाइँ स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क विल्कुलै मिल्दैन ।’ उहाँले नयाँ कलाकारलाई कम पारिश्रमिक दिएर अत्याधिक फाइदा लिने चलन कहिलेसम्म हुने भन्दै प्रश्न पनि उठाउनु भएको छ । कलाकारले प्राप्त गरेको उचाइ उसको लगन र मिहिनेतको फल रहेको तर्क छ । पुनः आफूमाथि अनर्गल र झुटा आरोप लगाए साइबर क्राइमको मुद्दा हाल्ने अभिनेता भुवन केसीको चेतावनीप्रति लक्षित गर्दै साम्राज्ञीले कसैले अप्रिय कुरा अभिव्यक्त गरेमा कानुनी उपचार रोज्छु भन्नु देशको एक नागरिकको हिसाबले संविधान प्रदत मौलिक अधिकार रहेको उल्लेख गर्नुभएको छ । 

उहाँ लेख्नु हुन्छ, ‘आजका नारीहरू यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन् चाहे त्यो सामाजिक हिसाबले होस् या कानुनी हिसाबले आजका महिला हरेक हिसाबले सबल छ्न् भन्ने कुराको हेक्का राखौं ।’ फिल्म क्षेत्रको विकास गर्ने भावना भए सबै निर्माताले ‘मै हुँ’ भन्ने प्रवृत्ति त्यागेर नव (कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने उहाँको सुझाब छ । साम्राज्ञीले समूहगत स्वार्थ राखेर स्थापित कलाकारप्रति पक्षपात व्यवहार र गुटबन्दी गरी फिल्मी क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्त हुनुपर्ने बताउनु भएको छ ।