कोरियाबाट नेपालका बाढी पीडितलाई चौधरीको २ लाख २२ हजार सहयोग।

क्वालालम्पुर (मलेसिया):= देशले भोगिरहेको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि दक्षिण कोरियामा कार्यरत सुनसरीका कृष्ण चौधरीले आफ्नो एक महिनाको सम्पूर्ण मासिक तलब सहयोग गरेका छन्।

चौधरीले रु. २ लाख २२ हजार २२२ रकम राज्यको खातामा जम्मा गरी विपत्तिमा परेका नेपाली नागरिकहरूको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन्। देशले अकल्पनीय क्षति र पीडा भोगिरहेको कठिन परिस्थितिमा विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारीबोध गर्दै आफ्नो एक महिनाको सम्पूर्ण कमाइ नै सहयोग गर्नु चौधरीको मानवीय तथा उदाहरणीय कदमका रूपमा लिइएको छ।

विपत्तिको समयमा देश र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको भावनासहित चौधरीले उक्त रकम प्रदान गरेका हुन्। उनको यो योगदानले विदेशमा रोजगारीका क्रममा रहेका नेपालीहरूमा समेत देशप्रतिको माया, सामाजिक उत्तरदायित्व र मानवीय भावनाको प्रेरणादायी सन्देश दिएको छ।

प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारहरू संकटमा रहेका बेला आफ्नो व्यक्तिगत आम्दानीबाट उल्लेख्य रकम सहयोग गर्नुले चौधरीको सामाजिक संवेदनशीलता र मातृभूमिप्रतिको गहिरो जिम्मेवारीलाई प्रतिबिम्बित गरेको छ।