[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कार्यरत दुईजना नेपाली श्रमिकको मृत्यु भएको छ।नेपाल ठेगाना सप्तरी जिल्ला खड्क नगरपालिका , सिसवा बेलाही निवासी अन्दाजी ३० बर्षिय अर्जुन रामको आईतवार दिउँसो ०२:०० बजेको समयमा सुतेकै अवस्थामा मृत्यु भएको संगै बस्ने मिडियाकर्मी साथै सोही कम्पनीमा सुपरभाइजरको पोस्टमा कार्यरत नेपालि श्रमिक दिनेश बि सिले मलाया खबरलाई जानकारी गराउनुभयो।


मृतक अर्जुन बिगत केहिबर्षदेखि मलेसियाको रिभर स्टोन ग्लोब एसडिएन बिएचडी र इको मेडि ग्लोब एसडिएन बिएचडी ( RIVER STONE GLOVE S.D.N B.H.D / ECO MEDI GLOVE S.D.N B.H.D ) नामक कम्पनीमा कार्यरत रहेका थिए ।
रातिको डिउटी गरेर बिहान राम्रै खाना खाएर सुतेको अवस्थामा दिउँसोको समयमा एक्कासि छाती दुखेको अर्जुनले बताएका थिए, अस्पताल लग्नुभन्दा अगावै मृत्यु भएको बताएकाछ्न। हाल अर्जुनको मृत शरीर पोस्टमार्टमको लागी अस्पताल लगिएको छ।
यता सोमबारको दिन दिउँसो १२:०० बजेको समयमा सल्यान जिल्ला कालीमाटी गाउँपालिका वडा नम्बर ४ खैरेनी ( छापडाडा ) निवासी नेपाली श्रमिक हुमलाल सिजालीले झुन्डिएर आत्महत्या गरेको छ।

बिगत ४ बर्षदेखि मलेसियाको सेलाङ्गर कुचाइलामामा अवस्थित युपिए प्रेस एसडिएन बिएचडी (Upa Press Sdn Bhd) नामक कम्पनीमा कार्यरत रहेको कम्पनी स्रोतले बताउनुभयो।
आत्महत्या किन गर्यो ? भन्ने बारे खुल्न सकेको छैन । स्रोतले बताए अनुसार मृतक हुमलाल बिगत केहिदिनदेखि कम्पनीमा ड्युटीमा काम गर्न नजाने , एकान्तमा बस्न मन पराउने जस्ता लक्षण देखिएको संगै काम गर्ने नेपाली श्रमिकहरुले बताए।
सोमबारको दिन संगै बस्ने , काम गर्ने अन्य कामदारहरु कोठाबाट निस्किएर काम गर्न ड्युटी गैइसकेपछि कोठामा एक्लै भएको अवस्थामा आत्महत्या गरेको पछि कामदारहरु कोठामा खाना खान फर्किदा झुन्डिएको अवस्थामा फेला पारेको बताए।
हाल मृतक हुमलालको शवलाई स्थानीय पुलिसले घटनाबारे आवश्यक छानबिन गर्न र पोस्टमार्टमको लागी अस्पताल लगेको स्रोतले बताए।




















