नेपाल एयरलाइन्सका ३ जना पाइलट सहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि।

काठमाडौं:= नेपाल वायुसेवा निगम ( नेपाल एयरलाइन्स ) का
३ जना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टाइनमा रहेको स्रोतले बताएका छ्न। एयरलाइन्सले केहि दिनदेखि विभिन्न अन्तर्राष्ट्रिय मुलुक बाट लगातार चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका छ्न।

अहिलेको अवस्थामा विदेशबाट फर्कने अधिकाँस नेपालीहरु नेपाल सरकारले भने अनुसारनै कोरोना सम्बन्धि पिसिआर ( स्वाब ) परिक्षण नगराइ लापरवाहीपुर्ण ढंगले साधारण आरडिटी टेस्ट मात्रै गराएर फर्किरहेको छ। जसले गर्दा उडान कर्मचारी संगै एयरपोर्टमा कार्यरत कर्मचारी लगायत अन्य यात्रुहरुमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिम बढेको छ।
नेपाली जनताको स्वास्थ्य अवस्थाको ख्याल गर्दै सरकार र सम्बन्धित मुलुकमा रहेको कुटनैतिक नियोगले यतिखेर विदेशबाट फर्कने नेपालीलाई कोरोना सम्बन्धि पिसिआर ( स्वाब ) परिक्षण अनिवार्य गर्नुपर्ने देखिएको छ।