जोहोर (मलेसिया):= मलेसियाको जोहोरमा अवस्थित Wansarn Foam industry sdn bhd कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गरेका छन् ।
कम्पनीमा कार्यरत नेपाली साथीहरूबाट संकलित रु. १ लाख ७२ हजार १३८ रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरि पठाएको हो। विपद्को कठिन समयमा मातृभूमिमा रहेका बाढीपीडित नेपाली नागरिकको पीडामा साथ दिने उद्देश्यले श्रमिकहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी सहयोग गरेका हुन् ।
यसैबीच, सहयोग संकलनमा सहभागी नेपालीहरूले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरेका छन्। उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै घाइते भेटिएकाहरुको लागि सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छ्न ।

मलेसियामा रोजगारीका लागि रहेका नेपाली श्रमिकहरूले आफ्नो कमाइबाट समेत विपद्का बेला मातृभूमिका नागरिकलाई सहयोग गर्दै मानवीय एकता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् ।




















