‘नेपोटिजम’ भोगेकी ताप्सी

एजेन्सी । बलिउड अभिनेत्री ताप्सी पन्नुले ‘नेपोटिजम’ अर्थात् नातावाद आफूले धेरै भोगेको बताउनु भएको छ । चलचित्रको यात्राको क्रमका कयौं चलचित्र आफ्नो हातबाट गुमाउनुको मुख्य कारण ‘नेपोटिजम’ रहेको बताउनु भएको छ । 

टाइम्स अफ इन्डियाका अनुसार उहाँले हालै एक अन्तर्वार्तामा आफ्नो करिअरको सुरुआति दिनमा चलचित्र क्षेत्रमा रहेको पक्षपाति व्यवहारले गर्दा फिल्म खेल्न नपाएको बताउनु भएको छ । राम्रो चलचित्र छनौट र आफ्नो अभिनय शैलीले बलिउडमा ठाउँ बनाउन सफल ताप्सी अहिले धेरै चलचित्र निर्माता र दर्शकको छनोटमा पर्नुहुन्छ । तेलेगु र तामिल चलचित्र हुँदै बलिउड प्रवेश गरेकी उनले ‘थप्पड’, ‘पिंक’, ‘मनमर्जिया’लगायत राम्रा फिल्ममा अभिनय गर्नुभएको छ । 

उहाँले आफू सामान्य परिवारबाट आएको कलाकार हुनुमा गर्व भएको बताउनुभयो । तर यो भेदभावमा दर्शकहरूको पनि जिम्मेवारी रहेको उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, ‘बजारमा नयाँ स्टार किडको फिल्म रिलिज हुने बित्तिकै हलमा तँछाडमछाड हुन्छ । तर यहाँ राम्रा फिल्म हुन्छ र राम्रा कलाकार हराउँदै जाने सम्भावना बढ्छ ।’