आई पे रेमिट प्रा.लि र ई सेवा प्रा.लि बिच डिजिटल कारोबारमा सम्झौता

आई पे रेमिट प्रा.लि र ई सेवा प्रा.लि बिच डिजिटल कारोबारमा सम्झौता भएको छ । आई पे रेमिट प्रा.लि को तर्फबाट कार्यकारी निर्देशक श्री ईन्द्र प्रसाद शर्मा र ई सेवा प्रा.लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुभाष सापकोटाले सम्भौता पत्रमा हस्ताक्षर गर्नुभयो । आब सिस्टम इन्ट्रिग्रेसन पश्चात आई पे रेमिट प्रा. लि. का ८००० भन्दा बढी भुक्तानी काउन्टरबाट सजिलै ई सेवा वालेटमा पैसा जम्मा गर्न सकिनुका साथै आई पे रेमिट मार्फत नेपाल भरबाट पठाएको रकम ई सेवा वालेटबाट सजिलै प्राप्त गर्न सकिने छ । यसबाट ग्राहक वर्गमा थप सुविधा पुग्ने आई पे रेमिट प्रा.लि का बजार प्रमुख श्री रुप नारायण श्रेष्ठले बताए । आई पे रेमिट ले मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलक बाट रेमिट्यान्स सेवा प्रदान र्गदै अईरहेको छ ।