मलेसियाबाट हुने चार्टर्ड उडानमा मालिन्डो एयर थपिए,तर श्रमिकहरु अझैपनि महँगो टिकटको मारमा!

आरएन चौधरी थारु ,,

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाबाट नेपाल फर्कने २ वटा चार्टर्ड विमानमा मालिन्डो एयरलाइन्स पनि थपिएको छ।

मलेसिया स्थित नेपाली दूतावासले एक सुचना जारी गर्दै आगामी जुलाई २ र ३ तारिखको दिन मालिन्डो एयरलाइन्सले उडान भर्ने तय भएको जनाएकोछ्।
दुतावासको पहलमा मलिन्डोले अब आरएम १५ सय रिंगेटमा मलेसियाबाट नेपाल सम्म चार्टर उडान भर्ने तय भएको दूतावास स्रोतले मलाया खबरलाई बताउनुभयो।
मालिन्डो एयरलाइन्सको टिकटको मुल्य अन्य नेपाली एयरलाइन्सहरु नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको तुलनामा आरएम ९० रिंगेट अर्थात नेपाली रुपैयाँ रु. २ हजार ५ सय रुपैयाँसम्म सस्तो पर्ने दूतावास स्रोतले बताए।

[ मलेसिया स्थित नेपाली दूतावास ले जारी गरेको सूचना ]

नेपालमा लकडाउन अगाडिसम्म नेपाली यात्रुहरूमाझ सस्ताे उडान भर्ने भनेर चिनिएकाे मालिन्डो एयरले यसपटक सरकारको एयरलाइन्स जस्तै साबिक भन्दा दोब्बर भाडादर तोकेर चर्को मुल्य असुल गरिरहेकोप्रति मलेसिया बाट नेपाल फर्कन मालिन्डो एयरलाइन्सको टिकट किनिसकेको यात्रुहरुले समाजिक संजाल मार्फत चिन्ता संगै आक्रोश व्यक्त गरिरहेको छ।

नेपाली फर्किने तयारीमा रहेका अधिकाँस श्रमिकहरु भन्छ्न , रोजगारदाताले मेलिन्डो एयरलाइन्सको कमर्सियल फ्लाइटको टिकट किन्देको छ्न तर अरु अरु मितिमा , फ़ेरि कम्पनीले चार्टर्ड फ्लाइटमा नपठाउने भन्छ्न यस्तो अवस्थामा के गर्ने ?
तिन चार महिनादेखि रुममै बसिरहेको छु , न त कामनै दिएको छ ? न त घरनै जान दिन्छन ? यस्तो अवस्थामा कहिलेसम्म अलपत्र बस्नुपर्ने ? अब हामीले पहिला ७,८ सय रिंगेटमा काटेको टिकट के गर्ने? हामीले पसिना बगाएर कमाएको पैसाले काटेको टिकट त्यसै खेर फाल्दिने त ? यसको जिम्मेवारी कसले लिने ? सम्बन्धित निकायले किन सहयोग गर्दैन ? नियमित उडान खोलिदिए त भैइहाल्थ्यो नि , किन नेपाल सरकार र सम्बन्धित निकायले श्रमिकसंग खेलवाड गरिरहेको छ , भन्ने लगायतको विभिन्न प्रश्नहरु गर्ने र आरोप लगाउने गरेको पाइएको छ।

[ तस्बिरमा हेर्नुहोस मलेसिया बाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली श्रमिकहरुको भनाइ ]

यही जुन २९ तारिख नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स चार्टर उडान हुनेछ भने ३० तारिख नेपाल एयरलाइन्सको चार्टर उडान हुने तय भएकोछ ।
सरकारले सुरूमा मलेसियाबाट नेपाल फर्कनलाई आरएम २ हजार २ सय २० रिंगेट टिकटको चर्को मुल्य तोकेको थियो । लगत्तै चर्को मुल्य वृद्धिको चैतर्फी बिरोध भएपछि घटाएर १ हजार ५ सय ९० रिंंगेटमा नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले चार्टर उडान गरिरहेको छ। लकडाउन पछिकाे आरएम १ हजार ५ सय ९० रिंगेट पर्ने महँगो टिकट किनेर चार्टर्ड विमान मार्फत हालसम्म मलेसियाबाट ९ सय २३ जना नेपाली स्वदेश फर्किएको जनाएको छ।