सिड्नी(अष्ट्रेलिया):= अष्ट्रेलियाको मेलवर्नबाट आज दोस्रो ‘उद्धार’ उडानबाट २२० जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किन लागेको छ।
भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले बताएअनुसार आज २२० जना नेपालीहरु फर्किन लागेको हो।
फर्किनेहरु अष्ट्रेलियामा आ-आफ्ना आफ्न्त भेट्न र घुम्न आएका पर्यटकहरु हुन् , तर, चार महिना लामो लकडाउनका कारण उनीहरु अष्ट्रेलियामै रोकिएका थिए । त्यसैले आज ति नेपालीहरुको उद्दार गरेर नेपाल फर्काउदैछौ योन्जनले भने।”

नेपालबाट ५ बच्चासहित ४५ जनालाई लिएर अष्ट्रेलिया गएको नेपाल एयरलाइन्सको हवाई जहाजबाट उनीहरु स्वदेश फर्किन लागेको र हवाई जहाजमा क्याप्टेन विजय लामासहितको टोली रहेको बताइएको छ ।
नेपाल फर्किन लागेकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) , अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि नेपाल फर्किन लागेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् ।
यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट पनि २५९ जना नेपालीहरुलाई उद्दार गरेर स्वदेश फर्काइएको थियो।





















