कुवेत:= वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका सिन्धुपाल्चोक जिल्ला निवासी नेपाली श्रमिक बिश्व कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।
कुवेतमा बसेर अबैधानिक रूपमा विगत लामो समयदेखी काम गर्दै आएका श्रेष्ठको स्वास्थ्यमा गडबडी देखिएपछि आवश्यक उपचारको लागि स्थानीय फर्वानिया अस्पतालमा भर्ना भएको उनको उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले बताए।
अबैधानिक हैसियतमा रहेको उनको मृत्यु भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाए। घरमा एक छोरा र एक छोरी रहेको
मृतक श्रेष्ठको श्रीमती पनि लामो समयदेखि कुवेतमै कार्यरत रहेको जानकारी प्राप्त भएको छ।




















