आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याउँँदै,साउदीबाट भोलि १६ जनाको शव ल्याउने।

मलाया खबर सहकर्मी ,,

काठमाडौं:=कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा आज शुक्रवार मलेसियाबाट १८ जना र भोलि शनिबार साउदीबाट १६ जना नेपालीको शव नेपाल ल्याईंदैछ ।

आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत शव पनि ल्याउन लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपालीहरु सिरहाका बलराम ठाकुर, जाजरकोटका बीरबहादुर कामी, धनुषाका बिपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम बि.क, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहराको शव नेपाल ल्याउने कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

बोर्डका अनुसार इलामको पदमबहादुर सारु, बाग्लुङ्का शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दिपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दुःखीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खतवे र रुकुमका कुवीराम ओलीको शव ल्याईंदैछ । यसअघि पनि कोरोनाको कारण रोकिएका ११ जना नेपालीको शव मलेसियाबाट ल्याइसकिएकोछ।

त्यस्तै साउदी अरेबियाबाट भोलि शनिबार बिहान समस्यामा परेका स्वदेश फर्किन नपाएका नेपालीहरु लिएर आउने हवाई जहाजले १६ जनाको शव ल्याउने जनाएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा नेपालीका शव रोकिएका थिए । त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै मृत नेपालीहरुको शव पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो बोर्डले जनाए।

अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पु¥याइदिन्छ । काठमाडौंमै आफन्त भएमा शव बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।