वैदेशिक रोजगारी खुल्लागर्ने सरकारको तयारी,तर मलेसियामा विदेशीलाई प्रवेशगर्न रोक लगायो।

काठमाडौं:= कोरोनाको जोखिमका कारण बन्द भएको वैदेशिक रोजगारी पुनः खुलाउने नेपाल सरकारले निर्णय गरिसकेको छ ।

अघिल्लो शुक्रबार सरकारले बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसँगै नयाँलाई पनि रोजगारीमा जान दिने निर्णय गरेको थियो । तर त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस अनिवार्य चाहिन्छ । सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।

‘हामी समन्वय गरिरहेका छौं, तत्कालै श्रम स्वीकृति खुलाउनको लागि हामीले यसका कार्यविधि र प्रक्रियाहरु निर्धारण गर्छौं, यसमा स्वास्थ्यको मापदण्ड पालना गरेर जाने भनिएको ’ श्रम मन्त्रालय स्रोतले बताएका छ्न।
कोरोना महामारीका कारण बिदामा घर फर्किएकाहरु फेरि विदेश जान पाएका छैनन् ।  उनीहरुलाई पुनः श्रम स्वीकृति दिएर पठाउन सम्बन्धित देशको दूतावाससँग र सम्बन्धित देशहरुसँग पनि समन्वय गर्नुपर्ने भएकाले यी सबै कुरा समन्वय हुने गरी कार्य प्रक्रियाहरु निर्धारण गर्ने , अगाडि बढाइने जनाएको छ।
पहिले कोरोना महामारीको जोखिम कम रहेका देशमा श्रमिक पठाउने सरकारको तयारी छ । 

सरकारले वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरे पनि नेपालीको मुख्य श्रम गन्तव्य देशले भने कोरोनाको उच्च जोखिमलाई मध्य नजरगर्दै विदेशी यात्रुको प्रवेशमा रोक नै लगाएका छन् । कतिपय देशमा अन्तर्राष्ट्रिय उडान बन्द नै छ भने खुलेका देशले पनि केही निश्चित यात्रुलाईबाहेक अरुलाई प्रवेशमा रोक लगाएका छन् ।

[ मलेसियाको मन्त्री दातुक श्रि एम.सारावानन मुरुगनले विदेशी लाई यो बर्षको अन्त्य सम्म मलेसियामा प्रवेशमा रोक लगाएको सम्बन्धि एक पत्रकार सम्मेलनमा अभिब्यक्ती दिदै ]

यता मलेसिया सरकारले पनि अहिले अरु देशका नागरिकको प्रवेशमा यो बर्षको अन्त्य नहुन्जेलसम्म रोक लगाएको छ । 
तर मलेसियन नागरिक भने प्रवेश गर्न पाउनेछन् । मलेसियामा दोस्रो घर हुनेहरु पनि यात्रा गर्न पाउनेछन् । तर उनीहरुले कोरोना नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ ।
कुटनीतिक पासपोर्ट भएका र कुटनीतिक मिसनका कर्मचारीले भने मलेसिया यात्रा गर्न पाउनेछन्। तर यसरी जानेले १४ दिनको क्वरेण्टीनमा बस्नु पर्ने सम्बन्धित निकायले जनाएकाछन । श्रम भिसामा जानेको हकमा भने मलेसियाले अहिले कुनै प्रावधान ल्याएको छैन , निर्णय गरेको छैन।

मलेसिया , खाडी मुलुक लगायतकोमा कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन नपाएका र स्वदेश फर्कन सम्बन्धित मुलुकको दूतावासको प्राथमिकतामा परेका नेपालीहरुलाई सरकारले चार्टर्ड उडानमार्फत धमाधम नेपाल फर्काइरहेकोछ ।